तथ्यांकमा काेराेना भाइरस - COVID - 19

औषधि पसलमा लागु औषध विक्री गर्ने दुई दाजुभाई पक्राउ

  • प्रकाशित मितिः भदौ 28, 2078
  • मधेश स्पेशल
  • 483 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / ईलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलिले लागू औषध सहित सिरहामा दुई दाजु भाईलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा औषधि पसल संचालक गोलबाजर नपा ४ का ४६ वर्षिय जगदिश कुमार साह र ४३ वर्षिय दिलिप कुमार साह रहेको छ ।

 

साहले गोलबाजरमै संचालन गरेको औषधि पसलमा लागू औषध विक्री गर्दै आएको सुरकी पाएर प्रहरी टोलीले औषधि पसल र घरमा खान तलासी गर्दा प्रविन्धित बेनाड्रिल १३ थान, पेन्टाजोसिन इन्जेक्सन १ सय८८ थान र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २ सय ३० थान लागुऔषध बरामद गरेको छ ।

 

दुवै दाजुभाईलाई नियन्त्रणमा लिई लागुऔषध कारोवार मुद्दामा ७ दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकिले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माधव नेपाल ठुलो संयन्त्रकारी रहेको पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आरोप

विन्दे यादवसिरहा / लुम्बिनी प्रदेश (प्रदेश नम्बर ५) का पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवले माधव नेपाल ठुलो

उपेन्द्र भर्सेस महन्थ

अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ

संविधान दिवसका दिन जसपा मौन बस्ने, लोसपाले कालो दिन मनाउने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६