नेपाल विद्युत प्राधिकरणले वर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान(प्रदानको प्रस्ताव गरेको छ ।
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट वर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत आदान(प्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान(प्रदान हुँदै आएको छ ।
वर्खाका ६ महिना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत आदान(प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘बर्खाका महिनामा २४ सै घण्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, वर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिने छ’ घिसिङले भने ‘यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा वर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केहीवर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ,यदि पारस्पारिक विद्युत आदान प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत कारोबारको कोशेढुंगा हुने छ, यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौं, केही दिनभित्रमा यस बारेमा ठोस निणर्य आउने विश्वास छ ।’
घिसिङकाअनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिव ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ । हिउँदयाममा त्यतिनै बराबरको विद्युत आयात गर्न सकिन्छ । यसले गर्दा वर्खामा खेर जाने विद्युतको उच्चतम् प्रयोग हुने छ ।
अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत आदान प्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर(मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घण्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्यूसन कम्पनी लिमिटेडलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । साथै, राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिने छ । यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुने छ ।
वर्खामा उत्पादित विद्युत् आन्तरिक रुपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएकी थिइन् । बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन छन् ।
टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध(निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत आदान(प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेश गरेको थियो । साथै, विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए० गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था,दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीहरुसँग विस्तृत छलफल गरेको थियो ।
प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनाहरुसँग ६ हजार १ सय ७६ मेगावाटको पिपिए गरेको छ । यसमध्ये १ सय ११ आयोजनाहरु निर्माण सम्पन्न भई सञ्चालनमा छन् । आयोजनाहरुको जडित क्षमता १ हजार ३ सय मेगावाट छ । ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजनाहरु वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन् । १ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरु वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन् ।
भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार ९डे अहेड मार्केट० मा नेपालको विद्युत बिक्री गर्न सहमतिको लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारीहरु, केन्द्रीय विद्युत प्राधिकरणका पदाधिकारीहरु एवम् नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम र पावर टेडिङ कर्पोरेसन ९पिटिसी०का पदाधिकारीहरुसँग विस्तृत छलफल गरिएको थियो । घिसिङले भने,‘यसको नतिजा केही दिनमा आउन सक्छ ।’ (merolagani बाट)
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६