जनकपुरधाम : धनुषाको सहिद नगरपालिकामा नगर प्रमुख उदय कुमार यादव बरबरियाको अगुवाईमा व्यापक अनियमितता भएको देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदनमा शहीदनगर नगरपालिकाका मेयर बरबरियाको अगुवाइमा अर्थिक वर्ष ०७६÷०७७ मा व्यापक भ्रष्टाचार गरेको देखिएको हो ।
देशकै कान्छो मेयर भन्न रुचाउने बरबरिया नेतृत्वको सहिदनगर नगरपालिकामा आर्थिक वर्ष ०७६/७७ मा एक अर्ब १४ करोड ५१ लाख २ हजारको लेखापरीक्षण हुँदा १२ करोड ४९ लाख ५० हजार रकम बेरुजु देखिएको छ।
सहिदनगरको हालसम्म २९ करोड ७३ लाख २७ हजार रकम बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ। नगरपालिकाले दैनिक ७ हजार ८३८ रुपैयाँको दरले इन्धनमा एक वर्षमा २८ लाख ६१ हजार १५५ रुपैयाँ खर्च गरेको छ ।
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्वन्धी नीतिगत मार्गदर्शन, २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनु पर्ने साथै सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था गरेको छ ।
तर, सो नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी पदाधिकारीको इन्धनमा १५ लाख ६० हजार ३७९ र कार्यालय प्रयोजनमा १३ लाख ७७६ गरी कुल २८ लाख ६१ हजार १५५ रुपैयाँ इन्धनमा खर्च गरेको छ । जसमध्ये नगरप्रमुख बरबरियाले नगरभित्र अनुगमनका नाममा ४ लाख ६९ हजार ९ सय रुपैयाँ इन्धन खर्च गरेका छन्।
नगरपालिकाले इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारीसाधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख समेत नरहेको महालेखापरीक्षकको कार्यालयले भनेको छ।
नगरप्रमुख बरबरियाले नगरपालिकाकै खर्चमा दुबई भ्रमण गरेको पाइएको छ। उनले पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्नुको उद्देश्य समेत नखुलाई भ्रमण आदेश स्वीकृत गराएर चार लाख ७ हजार ७२० रुपैयाँ भ्रमणको नाममा खर्च गरेका छन्। नगरप्रमुख बरबरिया र प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झा २०७६ मंसिर ११ गतेदेखि २० गतेसम्म दुबईको सारजाँहा भ्रमणका लागि पुगेका थिए ।
सो भ्रमणमा नगरप्रमुख बरबरियाले दुई लाख १५ हजार ५ सय ८० र प्रशासकिय अधिकृत नन्दकुमार झाले १ लाख ९२ हजार १ सय ४० रुपैयाँ खर्च गरेका छन्।
पदाधिकारी वा कर्मचारी विदेश भ्रमण गर्नु पर्दा नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ । तर, शहीदनगरका मेयर उदय कुमार यादव बरबरियाले पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्नुको उद्देश्य समेत नखुलाई भ्रमण आदेश स्वीकृत गराई ४ लाख ७ हजार ७२० रुपैयाँ भ्रमणको नाममा खर्च गरेका छन् ।
नगरपालिकाले इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख समेत राखेको छैन ।
स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्वन्धी ऐनहरुमा पदाधिकारीहरुका लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहेपनि शहीदनगरले सो व्यवस्थाको पालना नगरी कानुनी सल्लाहकार केशव यादवलाई २०७६ साउनदेखि २०७७ असारसम्म काम गराइ मासिक ३५ हजार ९९० का दरले चाडपर्व खर्च समेत गरी कुल ४ लाख ६७ हजार ८७० रुपैयाँ भुक्तानी गरेको छ ।
कानुनमा उल्लेखित सुविधा वाहेक सल्लाहाकार कर्मचारी नियुक्ति गरी खर्च गर्ने कार्य नियमित नदेखिएको महालेखाको ठहर छ ।
त्यस्तै, सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५ अनुसार सार्वजनिक निकायले १ लाख रुपैयाँ भन्दा बढिको कुनैपनि खरिदको लागि तोकिएबमोजिम लागत अनुमान तयार गर्नुपर्ने, दफा ८ (२) मा खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा–टुक्रा पारी खरिद गर्न नहुने, सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ८५ (१घ) मा एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी सिमाभन्दा बढि रकमको वा एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट एकपटकभन्दा बढि सोझै खरिद गर्न नपाउने व्यवस्था रहेपनि सो नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी जनकपुरधामस्थित त्रिनेत्र न्युज नेटवर्कलाई रेडियो कार्यक्रम, नगर प्रोफाइल तयारी र योजना तर्जुमा सम्बन्धी तयारीको नाममा १० लाख ३५ हजार रुपैयाँ अनाधिकृत रुपमा भुक्तानी गरेको पाइएको छ ।
त्यस्तै, प्रतिफलविहिन देखिने होली महोत्सव कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरी न्यू पवन इम्पोरियमलाई कुर्था पैजामा होली ड्रेस खरिद गरेवापत ३१ हजार र अनुप जनकपुर मिडिया प्रोडक्सन हाउसलाई कार्यक्रम सञ्चालनको नाममा २ लाख गरी कुल २ लाख ३१ हजार रुपैयाँ अनावश्यक रुपमा खर्च गरेको देखिएको छ ।
शहीदनगरले दिवा खाजा कार्यक्रम सञ्चालनका लागि १ करोड ४३ लाख ५२ हजार १५० रुपैयाँ खर्चेको देखिएको छ । जसमा अधिकांश विद्यालयहरुलाई बढि रकम निकासा गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
निःशल्क पाठ्यपुस्तक खरिदका लागि ३९ वटा विद्यालयलाई ३८ लाख ५६ हजार ८०८ रुपैयाँ अनुदान निकासा गरिएको छ ।
सार्वजनिक विद्यालयमा प्रदान गरिने निःशुल्क पाठ्यपुस्तक विद्यालयले खरिद गरी विद्यार्थीले प्राप्त गरे/नगरेको, विद्यालयले प्रयोग गर्ने पाठ्यसामग्री पाठ्यक्रम विकास केन्द्रको स्वीकृत सूची मध्येबाट भए/नभएको सम्बन्धमा समेत नगरपालिकाले कुनै प्रभावकारी अनगुमन गरेको छैन् ।
त्यस्तै, सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई वितरण गर्नका लागि खरिद गरिएका १३ लाख ८८ हजार ९२२ रुपैयाँको सेनेटरी प्याड वितरण नै नगरी स्टोरमा मौज्दात राखेको पाइएको छ ।
सवारी साधन खरिद गर्दा उल्लेखित व्यवस्थाको पालना नै नगरि ४ लाख ७ सयमा २ वटा मोटरसाइकल र ९६ लाख ९० हजारमा २ थान चारपाङग्रे गाडी खरिद गरी १ करोड ९० हजार ७ सय रुपैयाँ कानूनको पालना नगरी खरिद गरेको पाइएको छ ।
यसबाहेक अन्य दर्जनौं अनावश्यक शीर्षकहरुमा शहीदनगर नगरपालिकाले करोडौं रुपैयाँ मनोमानी खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
सभार : जनकपुर प्रेस
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६