तथ्यांकमा काेराेना भाइरस - COVID - 19

भन्सार छलेर ल्याइएको ७५ लाख बराबरको अबैध औषधि बरामद

  • प्रकाशित मितिः भदौ 19, 2078
  • मधेश स्पेशल
  • 155 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / प्रहरीले भन्सार छलेको ७५ लाख रूपैयाँ बराबरको अबैध औषधि बरामद गरेको छ ।


ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान–ठाडी सडक अन्तर्गत लहान नगरपालिका वडा नम्बर १९ कटहाचौकमा आज शनिवार विहान भन्सार छलेको सामग्रीहरू बरामद गरेको हो ।


टोलीले रेकल–के २–७ नाम गरेको औषधि १५ कार्टुन, वेथोकल ट्याव्लेट १०कार्टुन र क्यारेकल ५ वटा कार्टुनगरी ७५ लाख रुपैयाँ बरावरको अबैध औषधि बरामद गरेको छ ।

 

लु.१स ८००७ नम्वरको अट्टोमा लोडगरी ल्याउदै गरेको क्रममा प्रहरीलाई देखेर अट्टो छाडी चालक भागेपछि खान तलासी गर्दा सो सामग्री बरामद भयो । बरामद सामग्री र अट्टो भन्सार कार्यालय ठाडी बुझाई सकेको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

उपेन्द्र भर्सेस महन्थ

अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ

संविधान दिवसका दिन जसपा मौन बस्ने, लोसपाले कालो दिन मनाउने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान

मधेसको राजनीति

–भोला बनियामधेस नेपालको एउटा यस्तो अभिन्न भाग हो । जहाँबाट देशले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाएको छ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६