लहान / सिरहाको लहान बजारमा चोरी डकैती रोक्न गस्ती हिंडेका प्रहरीले भोड्का रक्सी चोरेको सार्वजनिक भएपछि लहानवासीहरु छक्क परेका छन ।
घटनाअनुसार जेठ ९ गते राती इलाका प्रहरी कार्यालय लहानबाट सई नवल साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले लहान १३ स्थित पञ्चु महतोको एसके मदिरा पसलबाट चार बोतल भोड्का चोरेर मस्त पिएको सिसिटिभी क्यामेरामा कैद भएको छ ।
यो घटना जेठ १० गते सिसिटिभीको रेकर्ड हेर्दा देखिएको हो । रेकर्ड हेर्ने एक व्यक्तिका अनुसार प्रहरी अनुराग रायले चोरेको चार बोतल भोड्का अन्य नौ जना प्रहरीसँगै मिलेर सितनसँग पिएको दृश्य कैद छ ।सिसिटिभीको यस्तो दृश्य देखिएपछि व्यापारीहरुवीच हल्लिखली भयो ।
त्यसपछि यो घटनाबारे लहानका डिएसपी डा। तपन दाहाललाई जानकारी गराइयो । दाहालले दोषी प्रहरीमाथि कार्यवाही गर्ने तर घटनालाई सार्वजनिक नगरिदिन अनुरोध गरेको बुझिएको छ ।
यस घटनाले प्रहरीको शीर निहुरिएको भन्दै उनले आन्तरिक कार्यवाही गर्ने र क्षतिपूर्तिवापत व्यवसायी महतोलाई रकम उपलव्ध गराउने वाचा गरेको बताइन्छ । डिएसपी दाहालले सिसिटिभी क्यामराको भिडियो फुटेज कसैलाई नदिन र सार्वजनिक नगर्न दवावसमेत दिएको व्यापारीहरुले बताएका छन् । र, यो घटनालाई लुकाउनको निमित वडाध्यक्ष कन्हैया गुप्ताले पनि डिएसपी दाहाललाई साथ दिइरहेको व्यापारीहरुले बताएका छन् ।
वडाध्यक्ष गुप्ताले सिसिटिभी क्यामराको फुटेज सार्वजनिक गरे नराम्रो हुने भन्दै होटलको बोर्डसमेत हटाउन लगाएका छन् । स्मरणीय छ, लहानमा विगत दुई महिनाको अवधिमा दुई दर्जन भन्दा बढी चोरीडकैतीका घटना भएका छन् भने एक जना सुनचाँदी व्यवसायीको हत्यासमेत भएको छ । (सभार-जन अस्थाबाट)
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६