रोयाण्टर मण्डल
लहान / सिरहाको लहान नगरपालिका वडा नम्बर १ सिग्रांही मटिर्वाको नयाँ वस्तीमा अझै विद्युत सेवा पुग्न सकेको छैन ।
नयाँ वस्तीमा विद्युत सेवा विस्तार नहुदा यहाँका एक दर्जन परिवार २ सय मिटर तार जोडेर ल्याएर विजुली बाल्न बाध्य भएका छन् ।
यो नयाँ वस्ती विद्युत प्राधिकरण कार्यालय लहानको पूर्व र दक्षिण तर्फ र कृष्णा टोलको नहरको दक्षिण तर्फ रहेको वस्ती हो । यो वस्तीको दुरी प्राधिकरण कार्यालयको दुरी लगभव ३ सय मिटर भन्दा कमै होला । यस वस्तीको चारै दिशामा विजुलीको पोल छन् तर यस वस्तीमा विजुलीको पोल नहुदाँ बाध्य भएर २ सय मिटर तार जोडेर बाल्न बाध्य हुने गरेको छ ।
जहाँ घर छैन् । खेत मात्रै छन् । त्यहाँ पोल र विजुली पुगेका छन् जहाँ घर छ । मान्छेको वसोवास रहेता पनि विजुलीको पोल पुगेकै छैन् । विद्युत प्राधिकरण कार्यालय लहान र नगरपालिकामा निवेदन समेत दर्ता गराए । दर्ता गराएको दर्ता नम्बर पनि हरायो तर वस्तीमा पोल आज सम्म नआएकोले नयाँ वस्तीको शिव नाथ मण्डलले दुखेसो पोख्नुभयो ।
वहाँले थप्दै भन्नुभयो– २ सय मिटर तार जोडर ल्याएको विजुली कहिले हावाहुरी र कहिले विभिन्न प्रकारले भाच्ने पछि कति दिन त अध्यारोमा नै बस्नु परेको छ । तर न त प्राधिकरणले सुनवाई दिन्छ । न त स्थानीय सरकारले दुख सुनेको छ ।
पटक पटक कार्यालयमा लाईन विस्तारको लागि पहल गरेपनि सम्बन्धित निकायले चासो नदेखाएको कारण विद्युतको पोल नयाँ वस्तीमा आएको छैन् । लहान नगरपालिकाले प्रत्येक वर्ष एकीकृत सम्पती करको नाममा विद्युत सेवा र सरसफाई सेवा वापत रकम लिने गरेको छ तर नगरपालिकाले न त विद्युत सेवा दिएका छन् । न त सरसफाईका लागि कुनै कार्य गरेको छ । सरकारले सेवाको नाममा रकम असुली गर्दै आएको नयाँ वस्तीमा सुविधा उपलब्ध गराई दिन हुन सोही वस्तीकी मनिषा कुमारी मण्डलले अग्रह गरिन् ।
हाम्रो वोल्ने मान्छे कोही नभएकाले वस्तीमा विद्युत विस्तार नभएको स्थानिय दलित महिला गंगा रामले बताईन । उनले भनिन, हामी दलितले भनेको कस्ले सुन्छ र ? कहिले काही विजुली नहुदा वस्तीका वालवालिकाहरुलाई पढ, लेख गर्न र मोवाई चार्ज गर्न समेत समस्या पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६