हतियारधारी डाका समुहले गरे पत्रकार साहको घरमा डकैती

  • प्रकाशित मितिः जेठ ७, २०७८
  • मधेश स्पेशल
  • 1842 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहामा गएराति (विहीवार राती) फेरी डकैती भएको छ ।

धनगढीमाई नगरपालिका वडा नम्वर ५ फूलकहाकट्टी वस्ने पूर्वाञ्चल एक्सप्रेस संचालक÷सम्पादक पत्रकार संतोष कुमार साहको घरमा डकैती भएको हो ।

 

विहीवार राती १२ बजेको समयमा ८/१० जनाको समूहमा आएका लुटेरा हतियारधारी समुहले ४० हजार नगद , मोवाईल, ल्यापटप र गरगहना लागयतका समान लुटेर फरार भएका छन् ।

 

लुटेराहरू घरमा प्रवेशगरी हतियार मलाई डोरीले बाँधी घरको सबै जनालाई हतियार देखाएर नियन्त्रणमा लिएर दराजको साँचो मागेपछि साचो छैन् भनेपछि कुटपिटगरी दराज फुटाई दराज भित्र रहेको ४० हजार रुपैयाँ नगद , सबै परिवारको साथमा रहेको ६ वटा मोवाईल, समाचार लेखनका लागि राखिएको १ थान ल्यापटप, एक सेट सिसि क्यामरा र विभिन्न तौल भएको ढेड तोला सुन र चाँदी लगायतको समानहरु लुटेर लगेका पत्रकार संतोष कुमार साहले जानकारी गराउनुभयो ।

 

लुटपात गरेर भागेपछि मात्रै छिमेकका घरमा गएर छिमेकीहरुलाई जानकारी गराए पछि सबैलाई जानकारीभयो । छिमेकीकै मोवाईलबाट प्रहरीलाई जानकारी गराउँदा केही छिनमै घटना स्थलमा ईलाका प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लहानका टोली पुगी अनुसन्धान थालिएको थियो ।

 

सिरहाको लहानमा तीन ठाउँमा हतियारधारी समूहले लुटपात गरेको घटना नसेलाउँदै लहान संगै रहेको धनगढीमाई नगरपालिका लुटपात भएपछि सिरहामा लुटपातको घटना मौलाउदै गएको छ ।

यस घटनाको बारे जानकारी लिन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माको मोवाईलमा फोन गर्दा फोन नउठाएपछि थप जानकारी आउन सकेका छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६