तथ्यांकमा काेराेना भाइरस - COVID - 19

संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति

  • प्रकाशित मितिः जेठ 7, 2078
  • मधेश स्पेशल
  • 174 पटक पढिएको

काठमाण्डौं / प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।

 

उहाँहरूबीच संविधान संशोधनका लागि कार्यदल अथवा मस्यौदा समिति बनाउने सैद्धान्तिक सहमति भएको छ। यसको नाम जे राखिए पनि त्यो संविधान संशोधनकै लागि हो,ु ठाकुरनिकट जसपा नेता सुरेन्द्र झाले सेतोपाटीसँग भने,कार्यदलको घोषणा आज हुन्छ होला। उहाँहरूबीच जे(जस्ता सहमति भएका छन् ती सबै आज सार्वजनिक हुन्छन् ।

 

यो विषयमा सहमति भए ठाकुर(महतोले उठाउँदै आएका माग सम्बोधन हुन्छन्। यस्तो अवस्थामा ओली नेतृत्वको सरकारमा जाने घोषणा यसअघि नै ठाकुर(महतो पक्षले गरिसकेको छ। आफूहरूसँग १८ जनाभन्दा बढी सांसद भएको ठाकुर महतो पक्षको दाबी छ। एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ। (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अगामी मेयर पदको लागि युवा पत्रकार बिरेन्द्रकुमार साह लडने भएपछि गाउँ गाउँमा चर्चा

विजय साहलहान / मोरङ सुनवर्षि नगरपालिकाको अगामी मेयर पदको लागि युवा पत्रकार बिरेन्द्रकुमार साहको नाम अहिल

लहानमा प्रहरीले नै चोरीमा संलग्न रहेको खुलासा

लहान / सिरहाको लहान बजारमा चोरी डकैती रोक्न गस्ती हिंडेका प्रहरीले भोड्का रक्सी चोरेको सार्वजनिक भएपछि ल

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले ७२ विभिन्न बुँदामा राष्ट्रका नाममा सम्बोधन

४९। सम्वत् २१०० सम्मको दीर्घकालीन सोच अनुरूप सबै क्रियाकलापहरू निर्देशित हुनेछन्। अति कम विकसित राष्‍ट

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६