तथ्यांकमा काेराेना भाइरस - COVID - 19

अपहरणगरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

  • प्रकाशित मितिः जेठ 6, 2078
  • मधेश स्पेशल
  • 345 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहा प्रहरीले सैनिक जवानको अपहरणगरी हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


प्रहरीले वरियारपट्टी गाउँपालिका ४ सोहपुर बस्ने नरेन्द्र सिंहको छोरा (सैनिक जवान ) अनिष कुमार सिंहलाई अपहरणगरी हत्या गरेको अभियोगमा फरार भएका बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी वस्ने ३९ वर्षिय जयराम साह, ३२ वर्षिय हरेराम साह र ४७ वर्षिय शैलेन्द्र साहलाई प्रहरीले नियन्त्रण लिई आज विहीवार प्रेस विज्ञप्ती मार्फत सार्वजानिक गरेको हो ।


फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको छ । उनीहरुलाई थप कार्वाहीको लागि जिल्ला अदालत सिरहामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी शालिग्राम शर्माले जानकारी दिनुभयो ।

 

कुटपिटको भिडियो

विजुलीको पोलमा अनिषलाई बाधेर यसरी गरिएको थियो कुटपिट । यो भिडियो अनिष काका मनोज सिंहले उही बेला उपलब्ध गराएपछि युटुभ च्यानल मधेश स्पेशल टिभि अपलोड गरिएको भिडियो जस्ता त्यस्तै

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लहानमा प्रहरीले नै चोरीमा संलग्न रहेको खुलासा

लहान / सिरहाको लहान बजारमा चोरी डकैती रोक्न गस्ती हिंडेका प्रहरीले भोड्का रक्सी चोरेको सार्वजनिक भएपछि ल

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले ७२ विभिन्न बुँदामा राष्ट्रका नाममा सम्बोधन

४९। सम्वत् २१०० सम्मको दीर्घकालीन सोच अनुरूप सबै क्रियाकलापहरू निर्देशित हुनेछन्। अति कम विकसित राष्‍ट

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले ७२ विभिन्न बुँदामा राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। बजेटको पूर्वसन्ध्यामा प्रध

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६