इटहरीमा राजेशपायल राईको न्यु यर इभ कन्सर्ट

  • प्रकाशित मितिः पुष 12, 2074
  • मधेश स्पेशल
  • 557 पटक पढिएको

१२ पुष २०७४ / धरान: अंग्रेजी नयाँ बर्ष २०१८ को पुर्व सन्ध्या अर्थात् डीसेम्बर ३१ तारिख को न्यु यर इभ मनाउन राई इज किंग अर्थात् राजेश पायल राई पूर्वको केन्द्र मानिने इटहरी उपमहानगरपालिकामा आउने भएका छन् ।गत बर्षको न्यु इयर इभ कन्सर्ट २०१७ धरानमा भव्यरुपमा सम्पन्न गरेको सिल्भर इन्टरटेनमेन्टले यो बर्षको न्यु यर इभ इटहरीको जनता मा . बी.को मैदानमा आयोजना गर्न लागेको हो ।

मेगास्टार राजेशपायल राई हंगकंगको कार्यकर्म लगतै पौष १५ गते पाँचथरको कन्सर्ट सकेर पौष १६ गते इटहरीमा नेपालआइस न्यु यर इभ कन्सर्ट २०१८ को लागि आउनेछन् भने जनवरी १ तारिख , पौष १७ गते उनि भेडेटारको चीसोलाई तताउन भेडेटार फुड फेस्टिभलमा आउने छन् । नेपालआइस बियरको मुख्य प्रायोजनमा हुने कन्सर्टमा उनले मैले मायाले दिएका , उकालीमा जाँदा जाँदा , मत मर्छु कि क्या हो ठुली , दर्शन नमस्तेलगायतका नया चर्चित गीतहरु संगै दर्जनौ आफ्ना चर्चित गीतहरु इटहरीका दर्शकहरुको रोजाईमा गाएर बर्ष २०१७ लाई बिदाई गर्दै नयाँ बर्ष २०१८ लाई स्वागत गर्नेछन ।

भब्य तामझामका साथ् व्यवस्थित साउण्ड तथा लाइट सिस्टमका साथ् आयोजना हुने कन्सर्टमा मेगा स्टार राजेशपायल राई संगै अहिले निक्कै चर्चामा आउदै गरेका गायक डिल्ली फोम्बो , गायक बबिन लिम्बु , गायिका अन्जु गौतम र कभर गायनमा चर्चामा आएका गायक पल लिम्बुको प्रस्तुति रहने संयोजक भुतपुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामांगले बताउनुभयो । अग्रिम टिकट रु १०० रहेको नेपालआइस न्यु यर इभ कन्सर्ट २०१८को गेट टिकट भने रु २०० राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६