रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा चैती छठ पर्व महोत्सवको रुपमा मनाइदै छ । चैती छठ पर्वको मुख्य दिन आज साँझ सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित राम जानकी मन्दिरको पोखरीमा ब्रतालुले आज अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिईने छन् ।
चैती शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठको तेस्रो यर्थात आज आईतवार मुख्य दिन अस्ताउँदै गरेको षष्ठी माता तथा अस्ताउँदो सुर्यलाई अघ्र्य दिई चैती छठ पर्व मनाउन विहानै देखी सुखीपुरको राम जानकी पोखरी बेहुली झै सिङ्गारिको छन् भने चैती छठ हुने ठाउँमा समेत पोखरी,तालतलैया र जलासयलाई सिङ्गारि नै गरेको हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको अर्घ दिने गरिन्छ ।
पोखरीमा हजारौको संख्यामा सामुहिक रुपमै अस्ताउँदो सुर्यलाई घरमा बनाई राखेको विभिन्न प्रकारका फलफूल तथा गहुँको पिठोले बनाईएको सामग्रीको षष्ठी माता तथा सुर्य अस्ताउँदो सुर्य देवतालाई अघ्र्य दिईएको हो ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन व्रतीहरूले “नहाय खाय’’ अर्थात् नुहाएर खाने गर्दछन् । उनीहरूले जीउ पनि चोख्याउने काम गर्दछन् ।
त्यस्तै पर्वको दोस्रो दिन खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । राति –बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।
त्यस्तै तेस्रो दिन अर्थात आज आईतवार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फालफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटमा गई षष्ठी माता तथा अस्ताउदो सुर्यलाई अघ्र्य दिइएका छन् ।
त्यस्तै चोथो दिन यर्थात भोली सोमबार एकाबिहानै पुन : छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोराई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
यो पर्व पुरुष र महिला समान रूप से मान्ने गर्छ तर अत्यधिक व्रत गर्नेमा महिलाको संख्या अत्यधिक हुन्छ । केही वर्ष पहले सम्म मुख्य रूपमा नेपालको मिथिलाञ्चलमा क्षेत्रमा मनाउने गरथियो अहिले देशको विभिन्न ठाउँमा मनाउने गरेका छन् ।
महोत्सवका सांस्कृतीमा अधारित लोक नाच, निःशुल्क लस्सी वितरण, बालबालिकालाई गर्मी छल्न निः शुल्क आईस क्रिम वितरण , चैती छठ अवलोकन गर्न सिङ्गारिएको जलायको क्यामपरामा कैद गर्ने मनोरम दृश्य लगायतको कार्यक्रम रहेको छ ।
प्रदेश सरकारले लाखौ करोडो रुपैयाँ पोखरीको घाट निर्माण गर्न विनियोजन गरेर घाट निर्माण गर्ने गरेको छ तर यहाँ चैती छठ महोत्सवबाट वचत भएको आम्दानीले पोखरीको घाट निर्माण प्रत्येक वर्ष हुदै आएको चैती छठ महोत्सव समितिका अध्यक्ष महेश कुमार साहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६