सुखीपुरको शिव चौकमा प्रहरी पोष्ट स्थापना

  • प्रकाशित मितिः माघ ६, २०७७
  • मधेश स्पेशल
  • 1757 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख उमा शंकर पजियारको प्रमुख आतिथ्य र सुखीपुर नगरपालिकाको मेयर राम औतार यादवको अध्यक्षतामा अस्थाई प्रहरी पोष्टको उद्घाटन गरिएको हो ।

Image may contain: 4 people, people standing, people on stage and outdoor

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पजियारले भवन बनेको वर्षौ भयो । प्रक्रिया मिलाउन समय लागेकोले ढिलै भए पनि आज आफूले दिएको वचन पुरा गर्न पाउँदा खुशि भएको छु ।

अस्थाई प्रहरी पोष्ट बनाउन स्थानीयहरुको एकदमै ठुलो सहयोग रहेकोले प्रहरी साथीहरुले पनि साथी जस्तो ब्यवहार गरेर जनताको सुरक्षा दिन हरदम तयार रहन समेत वहाँले आग्रह गर्नुभयो ।

आज खुशिको दिन हो । मैले भवनको बजेट विनियोजन गरेको बेला देखेको सपना पुरा भयो । आफैले छुट्याएको वजेट र स्थानीयको सहयोगले बनेको भवन बनेपछि धेरै प्रयास गरे तर समयमा स्थापना गराउन सकेनौ । अहिले कानुन मन्त्री हाम्रै जिल्लावासी लिलानाथ श्रेष्ठ रहेको वहाँको प्रयासले तत्काल स्थापना हुन सफल भएको सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले बताउनुभयो ।

यस भेगका मानिसहरुलाई सुरक्षा प्रत्याभुती होस् । अहिले गाउँघरमा केही युवाहरुलाई नाशाको लत परेकोले पोष्ट स्थापना भएपछि त्यस्ता युवाहरुको कमी आउने छन् । सुरक्षा दिनमा कुनै कमीकमजोरी हुन नदिई प्रहरीलाई वहाँले आग्रह गर्नुभयो ।
स्थापना कार्यक्रममा प्रहरी पोष्ट भवनका लागि जग्गादान दिने जग्गादाता राम कुमारी महतो, रामवृक्ष महतो, सुर्यनाथ साह र दर्पी मोचीलाई दौशला र मलाले प्रमुख अतिथी पजियार र नगर प्रमुख यादवले सम्मान गर्नुभएको छ ।

प्रहरी पोष्ट स्थापना भएपछि सुखीपुर नगरपालिका वडा नम्बर १०,७, ६ धनगढीमाई नगरपालिका वडा नम्बर ५, ६ र गोलबजार नगरपालिका वडा नम्बर १३ का वासीहरुले बढी लम्भावित हुने भएको यस क्षेत्रका स्थानीयवासीहरु खुशि भएका छन् ।

प्रहरी सहायक निरीक्षक प्रदीप कुमार यादवको नेतुत्वमा ८ जना प्रहरी जवानहरु रहने छन् । कार्यक्रममा स्वागत मनत्वय सुखीपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विरेन्द्र महतो र उदघोषण ईलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायब निरीक्षक राम कुमार यादव र भवन उपभोक्ता समितिका अध्यक्ष राम अशिष महतोले गर्नुभएको थियो ।

Image may contain: 9 people, people standing, people on stage and outdoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६