सुखीपुरमा दोस्रो नगर स्तरीय खिचडी महोत्सव

  • प्रकाशित मितिः पुष २९, २०७७
  • मधेश स्पेशल
  • 1183 पटक पढिएको

सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ ।


प्रकृती बचाऊ–सस्कृती बचाऊ मुल उदेश्यका साथ नगर सुधार समिति सुखीपुरले यस वर्ष पनि दोस्रो नगर स्तरीय खिचडी महोत्सवको रुपमा मनाउन लागेको सुधार समितिका अध्यक्ष वीपी भुवन यादवले जानकारी गराउनुभयो ।


विभिन्न सस्कृतीका झाँकी र कार्यक्रा, आफनै पहिरन र खिचडी भोजन हुने समेत वहाँले बताउनुभयो । सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको रामजानकी मन्दिरको प्राङ्गनमा माघ १ गते विहीवार दिनको ११ बजे देखि हुनेछन् ।


उक्त कार्यक्रममा सहभागीहरुले मिथिलाको पहिचान झल्किनेगरी धोती, कुर्ता र गम्छी र महिलाहरुले आ–आफनो समुदायको भेषभुषामा सहभागीहुने विशेष गरी थारु समुदायिकले आफनो पहिरनमा झाँकी बजारभरी प्रदर्शन साथै नगरभरीका स्थानीय कलाकारहरुले आफनो प्रस्तुती गर्ने गर्ने जानकारी गराउनुभयो ।


कार्यक्रमको अहिलेको अवस्थामा विग्रिदै गए रहेको पर्यावरण संरक्षण र आफनोपन हराउदै गएको मौलिकता तथा विषादीयुक्त खानाबाट मुक्त गराउने उदेश्य कार्यक्रम आयोजना गरेको छ ।

खिचडी यस्तो खाना हो जुन बच्चा देखी बृद्धबृद्धासम्मलाई खान दिन सकिन्छ । खिचडी भन्ना साथ बिरामीले खाने खान भन्ने सोच्ने गरिन्छ तर जसले खाए पनि फाइदा हुन्छ ।जो साकाहारी छ उसका लागि यो पौष्टिकयुक्त्त खाना हो । यो पकाउन पनि सजिलो छ । चामल तथा दाल मिसाएर बनाउन सकिने खिचडी एक सुपाच्य खाना हो । हुन त हामीले खिचडीमा मसला नराखे पनि स्वादिष्ट हुन्छ तर अझ स्वाष्टि बनाउन थोरै मसला राख्न पनि सकिन्छ ।

पोषक तत्वले भरिपूर्ण ः
खिचडीमा कार्वोहाइडेडट भिटामिन, क्याल्शियम, फाइबर, म्याग्निशियम, पोटाशियम तथा फस्फोरस पाइन्छ । खिचडी आफ्नो स्वादअनुसार तरकारी मिसाएर खान सकिन्छ ।
पाचनमा सहजः
खिचडीमा धेरै मसलाको प्रयोग नहुने तथा तेल घ्यूको पनि कम प्रयोग भएको हुन्छ । जसले गर्दा पचाउन सहज हुन्छ । कम मसला तथा चिल्लो पदार्थ नहुने भएकाले पनि यसलाई सुपाच्य खाना भनिन्छ । जसको पाचन प्रणाली कमजोर छ उसले खिचडी खानु उपयुक्त हुन्छ । खीचडी खानाले बाथ, अम्ल पित्त तथा कफको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६