तथ्यांकमा काेराेना भाइरस - COVID - 19

परेवाभिर धार्मिक तथा ऐतिहासिक महत्व

  • प्रकाशित मितिः कार्तिक 30, 2077
  • मधेश स्पेशल
  • 40 पटक पढिएको

विनाेद मण्डल                                                          सिरहा जिल्लाको धनगढीमाई नगरपालिका अन्तर्गत साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ मा रहेको परेवाभिर धार्मिक तथा ऐतिहासिक महत्व बोकेको एउटा रमणिय वातावरण भएको ठाउँ हो । वर्षेनी हजारौं को संख्यामा मानिसहरू पिकनिक खानको लागि यस ठाउँमा आउने गरेको छ ।उत्तर र दक्षिण भई फैलिएको यो भीडको मोहडा पूर्वतिर रहेको छ । करिब दुई सय फिट अग्लो यो डाँडोको माथिल्लो भागमा ससाना हजारौ को संख्यामा प्वालहरू रहेका छन् जहाँ आजभोली पनि हजारौंको सङ्ख्यामा परेवाहरू बसने गरेका छन् । ति परेवाहरुलाई सिकार गर्नुहुन्न भन्ने मान्यता रहेकोले मानिसहरूले ती परेवा लाई सिकार गर्दैनन । त्यहाँका परेवालाई खाए बिरामी हुने जनविश्वास रहेकोले मानिसहरू त्यहाँका परेवालाई देउता मानी पूजा आराधना गर्ने गरेका छन् । परापूर्वकालमा राजा सलहेश ले पालेका परेवा भएकाले ति परेवामा अनौठो किसिमका  शक्ति पाइन्छ ।हावा हुरी अनि बतासले पनि असर नगर्ने टी परेवाहरू अा आफनै धूनमा भाकाहरु बोलिरहेका हुन्छन् । यस परेवा भीरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहिआएको छ,त्यसैले मानिसहरू माघे सङ्क्रान्तिको दिन यस ठाउँमा आई नुहाउने गर्छन् ।स्थानिय स्तरमा मानिसको मृत्यु पश्चात् अन्तिम संस्कार गरिने पवित्र स्थलको रूपमा परिचित परेवा भिर खास गरेर मंसिर महिनादेखि पिकनिक स्थल को रूपमा परिचित छ । रमणिय वातावरण भएको यस ठाउँको खोला सुसाएको अनि पाखाहरुबाट गुञ्जिने धुनहरु त्यतिकै कर्णप्रिय छन् । सिरहाका विभिन्न क्षेत्रबाट मानिसहरू पिकनिक खानको अतिरिक्त मनोरञ्जनको लागि यस ठाउँमा आउने गरेको छ। परेवा भीरमा स्नान गरी भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । यस ठाउँमा आई दर्शन गरेमा रोग पनि निको हुने जनविश्वास छ । यस ठाउँमा तत्काल संरक्षण र ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

जनमतका नगर अध्यक्ष चौधरीको उपचारको क्रममा मृत्यु

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / जनमत पार्टीका लहान नगर अध्यक्ष विष्णु चौधरीको उपचारको क्रममा आज मृत्यु भए

आँगनमा पोखरी बनाई अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

विनोद मण्डल सिरहा / छठ पर्वअन्तर्गत बर्तालुले आज शुक्रवार यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजा

घाट सजेलै बाट सजेलै

रचनाकार – जिवछ उदासी   घाट सजेलै बाट सजेलै सजारहल छै नदी पोखैर ठकुवा भुसवा सेहो वनतै कुटै पिसै शुद्ध क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६