रोयाण्टर मण्डल
लहान / श्री राम जानकी सेवा समिति सुखीपुरका अध्यक्ष नागेश्वर प्रसाद चौधरीले सार्वजनिक जग्गा फिर्ता गराउन लागि पर्ने बताउनुभयो ।
आईतवार अध्यक्ष चौधरीले राम जानकी मन्दिरमा पत्रकार सम्मेलन आयोजना गरेर सार्वजानिक बाटोमा घर निर्माण र श्री राम जानकी सेवा समिति सुखीपुरका जग्गा कब्जा गरेको जग्गा जे पनि हालतमा फिर्ता गर्न चाहेका छौ तर स्थानीय सरकार लगायतका सम्बन्धित निकायको मौनता कारण सार्वजानिक जग्गामा जोर जबरजस्ती घर निर्माण गरी रहेको आरोप लगाउनुभयो ।
सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको जिरोमाईल बरियारपट्टी सडक खण्ड सुखीपुर क्याम्पस चौकको उत्तरपट्टीबाट रामजानकी मन्दिर आउने बाटोमा श्याम सुन्दर साहले सडकमै घर निर्माणगरी रहेको छ । साहको साथ साथै साहकै छिमेकी निर्मला देवी चौधरी, रजिंत पजियार र गंगा चौधरीले रामजानकी सेवा समितिको जग्गा कब्जागरी घर निर्माण गरी सकेका छन् ।
साहले सार्वजानिक सडकको लगभव १ धुर ७ कन्मा, निर्मला देवी चौधरीले पनि १ धुर १ कन्मा जग्गा लाजपूर्जामा रहेको क्षेत्रफल भन्दा बढी नाप नक्सा बनाई भोग चलन गर्दै आएको छ । त्यस्तै रंजित पजियारले अढाई धुर र गंगा चौधरीले तीन धुर जग्गा कब्जा गरेर घर बनाई सकेको अध्यक्ष चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरी थप्दै भन्नुभयो – श्याम सुन्दर साहले सुखीपुर वडा नम्बर ८ (क) किता नम्बर ६५९ को क्षेत्रफल ५ धुर खरिद गरेकोमा ५ धुरमा घर नबनाई साढे ६ धुर ७ कन्मामा घर निर्माण गर्दा बारम्बार मौखित र समाजिक स्तरबाट रोक्दा पनि नरोके पछि मजबुर भएर उच्च अदालत जनकपुर, राजविराज इजलासमा निषेधाज्ञा र निषेधाज्ञा प्रवादेशको मुद्दा दर्ता गराएता पनि अदालतको आदेशको पनि वास्ता नगरी घर निर्माण गर्दै आएको छ । त्यसैले सार्वजानिक जग्गामा घर निर्माण तत्कालै रोकेर सार्वजानिक जग्गा फिर्ता गर्नुपर्छ ।
श्री राम जानकी सेवा समिति सुखीपुरका सचिव म निवेदक रहेर विरुद्ध श्याम सुन्दर साहलाई विपक्षी बनाएर असोज १४ गते र ६ महिना ३० गते प्रमादेश आदेश इजलास नम्बर ३ न्यायाधीश महेश प्रसाद पुडासैनी बेच मार्फत निषेधाज्ञाको आदेश भएको थियो तर त्यो आदेश पनि नमान्ने साह विरुद्ध अबहेलना मुद्दा हाल्ने सचिव ज्ञान कुमार साहले पत्रकार सम्मेलनमा भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६