नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

  • प्रकाशित मितिः कार्तिक 4, 2077
  • मधेश स्पेशल
  • 1588 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्वजानिक गरेको छ ।


गाउँपालिका चौथों गाउँ सभावाट पारित भएको नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षका लागि ३१ करोड ३३ लाख ६० हजार ६ सय ७० रुपैयाँको बजेट सार्वजानिक गरिएको हो ।


जसमा ११ करोड ५६ लाख ८३ हजार ६ सय ६० रुपैयाँ , चालुतर्फ ८ करोड ४८ लाख ७७ हजार रुपैयाँ पुँजिगत खर्च र ११ करोड २८ लाख रुपैयाँ शसर्त अनुदान तर्फको बजेट विनियोजन गरिएको छ ।


गाउँपालिकाको अध्यक्ष विश्व मोहन यादवले सार्वजानिक कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा गाउँपालिका गाउँ सभाबाट पारित बजेट प्रस्तुत गर्नुभयो ।


सडक निमार्णलाई पहिलो प्राथमिकतामा राख्दै गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, भाषा तथा संस्कृति ,समतामुलक र समृद्ध गाउँको अनुभूती लगायतका योजनाहरु अगाडि बढाउने विषय बजेटमा उल्लेख गरिएको नवराजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६