तथ्यांकमा काेराेना भाइरस - COVID - 19

जनता समाजवादीका कार्यकर्ता नेकपा र जनमतमा प्रवेश

  • प्रकाशित मितिः आश्विन 27, 2077
  • मधेश स्पेशल
  • 1986 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिका जनता समाजवादी पार्टी परित्याग गरि १ सय जना नेकपा र ९५ जना जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सुखीपुर नगरपालिका वडा नम्बर ५ का जनता समाजवादी पार्टीका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको नेकपाका नेता राम चन्द्र यादवले बताउनुभयो ।

उनीहरुलाई सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले अबिर लगाएर स्वागत गरेका थिए ।

त्यसैगरी, सुखीपुर नगरपालिकाका वडा नम्बर ८ का सिरहा क्षेत्र नम्बर २ को तत्कालिन राजपाको क्षेत्रिय समितिको सदस्य सबिना खातुन सहित ९५ जना जनमत पार्टी मा प्रवेश गरेको जनमत पार्टी नेता नवरतन साहले बताउनु भयो ।

उनीहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागि र केन्द्रिय प्रसिक्षण विभाग प्रमुख संजय यादवले प्रमाण पत्र र अबिर लगाएर स्वागत गरेका थिए ।

जनमत पार्टीले प्रथम वडा अधिवेशनको अवसरपारी प्रवेश गराएर सुखीपुर वडा नम्बर ८ मा पार्टीको संगठन बलियो बनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरको शिव चौकमा प्रहरी पोष्ट स्थापना

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम

सुखीपुरमा दोस्रो नगर स्तरीय खिचडी महोत्सव

सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा

सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कु

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६