रोयाण्टर मण्डल
राजपा नेपालको तत्कालिन सिरहा जिल्ला अध्यक्ष राम बहादुर महतोकोे दोश्रो बार्षिक पुण्य तिथीमा पार्टी कार्यकर्ताहरुले राम जानकी मन्दिर सुखीपुरको प्राङ्गनमा स्मृती सभा सम्पन्न भएको छ ।
गत वर्षको स्मृती सभामा तत्कालिन राजापा पार्टीका अध्यक्ष मण्डलको सदस्य हाल जनता समाजवादी बरिष्ठ नेता राजेन्द्र महतो, प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साह लगायतका राज्य मन्त्री तथा पार्टीका केन्द्रिय सदस्यहरु खुल्ला मंचमै महतो सपना अब पार्टीको सपना भएकोले सबै सपना पुरा हुने बचन दिएको थियो । स्वर्गीय महतोले देखिनु भएको सपनाको स शब्दको पनि वर्षभरी सम्झाना भएन् नत वहाँ परिवारको हालत कोही नेताले शोध्न समेत आाउनुभयो । आफूले गरेको प्रतिबद्धता पनि थहा नहुने नेताले महतोको दोस्रो स्मृती सभा कसरी याद आउँछ होला । आज शुक्रवार भएको स्मृती सभाले प्रमाणित गरे जस्तो लागछ । जिल्ला तथा केन्द्रिय स्तरको कोही नेताको चासो नदेखेपछि वहाँकै नजिक रहेर वहाँको पार्टी केही वहाँकै सहकर्मीहरु कोरोनाको महामारीमा धुमधाम साथ नमनाए पनि समान्य किसिमले मनायो ।
स्वर्गीय महतो स्मृतीसभामा कोरोनाको कारणले नआएको खबर पाएपछि । फोन गरी शोध्दा कोरोनाकै कारण नआएको बताउनुभयो । । स्मृती सभा कहिले छ पुन शोध्दा थहा भएन् जानकारी लिएर जनकारी गराउछु भन्दै अहिले विशेष काममा छु भन्दै फोन सम्र्पकबाट बाहिर हुनुभयो । स्मृती सभा नआएको नेताको बाध्यता होला तर आफैले लोड स्पिकरमा र मंचमा रोएको नाटक गर्नेहरु नाटक स्वर्गीय महतो परिवार सुखीपुरका नगरवासीले गत वर्षको स्मृती सभाको दृश्य सम्झेर र झुठो प्रतिबद्धता गर्ने नाटकबाज नेताको रुपमा सभ्झेर आक्रोशित हुने गरेका छन् ।
समाजवादी पार्टीका नेता राजेन्द्र महतोले स्वर्गीय राम बहादुर महतो मेरो छोरा जस्तै थियो । मधेशवादको वफादार नेताले देखेको सपना पुरा हुनेछन् । उसको घर परिवारको दुख सुखमा पार्टीले सहयोग गर्ने आखाँ आशु चुहाउदै अत्यधिक पिडाले बोलन पनि नसक्ने बताउनुभएको थियो । अर्का समाजिक विकास मन्त्री नवल किशोर साहले आउने बजेटमा स्वर्गीय राम बहादुर महतोको अधुरो विकासे सपनाहरु पुरा गर्ने बताउनुभयो थियो तर बजेट भाषण पनि भयो । बजेटको पुस्तक पनि प्रकाशन भयो तर गोहीको आशु चुहाउने मन्त्रीले आफुले गरेको प्रतिबद्धताको एक शब्द पनि पुरा गर्नुभएन् ।
स्वर्गीय महतोले समिति अध्यक्ष रहेको श्री राम जानकी बहुमुखी जनता क्याम्पस सुखीपुरको अधुरो भवन काम सम्पन्न गर्ने, आफू नै समितिको कोषाध्यक्ष रहेको सुखीपुर खानेपानीको अधुरो काम सम्पन्न गर्न यी दुई काम वहाँको महत्वपूर्ण काम रहेकोले वहाँले देखेको सपना यी पुरा नहुदै स्वर्गवास हुनुभयो । वहाँले यी कामका लागि प्रदेश सरकारबाट केही बजेट ल्याएर भवनको काम गरे तर भवन वजेट अभावका कारण सम्पन्न हुन सकेन् । वहाँले लाखौ रुपैयाँको बजेट आफनै पहलमा डिभिजन खानपानी तथा सरसफाई कर्यालयको आयोजना सुखीपुर खानेपानीमा ल्याएर कार्य गर्न लगाउनु भयो तर त्यहाँ पनि बजेट अभावका कारण गाउँभरी पाईप वाईरिंग भएन् । लाखौ रुपैयाँको लगानीमा कार्यालय भवन तथा पानी टयांक पनि बनियो तर दिनमा लाखौ लाख लिटर पानी गागैन खोलामा अविरल बगि रहेका छन् तर गाउँहरु पानि खान पाएका छैनन् । यी सपना पुरा गर्न वहाँले दिन रात एक गर्नुभयो थियो तर राम्रो मान्छेलाई पथ्वीमा धेरै दिन वास हुदैन् झै वहाँले अधुरो सपना छोडेर स्वर्गवास हुनुभयो ।
वहाँको सपनाको बारेमा वहाँको पार्टीका धेरै नेताले भाषण मात्रै दिनुभयो तर नेकपाबाट सिरहा क्षेत्र नम्बर २ ख का प्रत्येक्ष निर्वाचित प्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तवले आफनो प्रत्येक्ष निर्वाचन क्षेत्रको विकास बजेटबाट श्री राम जानकी जनता बहुमुखी क्याम्पसको अधुरो भवन सम्पूर्ण काम सम्पन्न गर्न लगाउनु भयो । अब वहाँको बाकी रहेको अधुरो खानेपानी काम कसले सम्पन्नगरी दिला ? प्रतिवद्धता गर्नेले त वहाँको नामको भाषण मात्रै दिएर जानुभयो । वहाँ स्मृतीको भाषण प्रतिबद्धता र आखाँबाट चुहाईएको आशु याद आयो भने अहिले पनि ढिलो भएको छैन् । तेस्रो स्मृती सभामा स्वर्गीय महतोको सपना पुरा गरेर धुमधामका साथ मनाउला ।
मृत्युको शोख बन्द भएको थियो पुरै बजार
अगुवा जुझारु नेता राम बहादुर महतोको हृदय घाटको कारण मृत्यु भएको शोकमा सुखीपुर बजार बन्द भयो । जनताको काम जुन समयमा भएता पनि जुरुक उठेर जनताको कार्यमा अगाडी बढ्ने बानी रहेको नेताको मृत्युले सुखीपुरमा क्यौ घरमा रुवावासी भएको थियो । सुखीपुरको पहिचान तथा विकासमा समेत ठुलो योग्दानको कदर गर्दै व्यपारीहरु शोकमा सवै पसल बन्दगरी शोख मनाईएको थियो । उच्च क्षमतावना नेता मृत्युुले भएका गाउँको ठूलो क्षति व्यहोर्नु परेको चिया पसलहरुमा चर्चा भए रहन्छ ।
गरिव परिवारमा जन्म लिदा पनि उच्च मनोवल भएको सुखीपुरमा परिवर्तन शुरुवात गर्नेमा वहाँ अग्रह स्थानमा आफनो हैसियत बनाउनु भएको थियो । सुखीपुर दलित गरिवका तथा सत्यको जित दिलाउन पछि नहटने डटेर कुरा गर्ने क्षमतावान नेताको मृत्युुले गाउँका मान्छेहरुमा समेत रुवाबासी गर्दै पार्थिव नगर परिक्रमा समेत गर्नुभएको थियो ।
स्वर्गीय महतो राजनिति यत्रा
गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्टी कार्यकताको गिन्तीमा राजपा नेपालका जिल्ला अध्यक्ष नेता राम बहादुर महतोको सुखीपुरको मात्रै होईन सिरहाकै प्रमुख आधार मानिएका थिए । कलिलो उमेरमा गजेन्द्रनारायण सिँहबाट २०४८ सालमा नेपाल सद्भावना पार्टीको सदस्यता लिएर राजनीति मैदानमा लागनुभयो । सद्भावना पार्टीको सदस्यतासँगै मधेश र मधेशीको अधिकारको लागि उहाँले गाउँ गाउँमा प्रचार गर्नुभयो ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि आन्दोलन गर्दै जनतामा चिरपरिचित महतो मधेश आन्दोलनमा पनि अग्रणी भूमिका निर्वाह गर्नुभयो । द्धन्दबाट शान्ति प्रकृयामा आएको माओवादीको देशब्यापी प्रभाव चुलिएको त्यो बेला महतोको पार्टी अभियान तथा मधेश आन्दोलनको अगुवा भुमिका जिल्लाका सबै क्षेत्रमा ‘बरदान’ सावित हुनेमा मधेशवादी ढुक्क थिए । तर, प्रत्येक्षमा चुनाव नजिते पनि असल र संघर्षशिल सर्वमान्य नेता राम बहादुर बनेको थियो ।
वहाँको यो जिम्मेवारीले सिरहाका मधेशबादीहरुका लागि झनै अभिभावकत्वको भाव दिलायो थियो । सद्भावना पार्टीका सिरहाका डिगज नेताहरु पार्टी प्रत्यागरी अन्य पार्टीमा प्रवेश गर्दा पनि वहाँ युवा अवस्थामै पार्टीको जिल्ला अध्यक्षका रुपमा चढेको सिंढीले उहाँलाई झनै लोकप्रियता नेताका रुपमा उभ्याईदियो । तत्कालीन राजा कु विरुद्धको लोकतान्त्रिक आन्दोलन र मधेश आन्दोलनमा आन्दोलनकारीलाई बल पुगाउनु पर्ने स्पष्ट वक्ता र पार्टीका लागि बलिदानी दिन सम्म तयार रहने प्रेणा बनेको थियो ।
वहाँले मधेश आन्दोलनमा गरेको योगदान मधेशवादी राजनीतिकर्मीहरुका लागि झनै प्रेरणाको स्रोत बनिदियो । वहाँ प्रति कार्यकर्ताको आड र भरोसा रहनुको अर्को कारण वहाँ कहिले केन्द्रीय राजनीतिमा नगर्न जन स्तरकै राजनीतिको निर्णायक भुमिका रहनु भयो । यस अलावा कार्यकर्ता र सत्यको पक्षमा रहेका अन्य पार्टीकाहरुलाई संरक्षण गर्न सक्ने सामथ्र्य राख्न सक्ने वहा कार्यकर्था पंक्तीमा लोकप्रिय थिए । शक्तिमा रहँदा होओस् वा नरहँदा, वहाँले कार्यकर्ताहरुलाई गुण लगाउन कहिल्यै पछि परेनन् । यसर्थ पनि वहाँ सिरहा मधेशीको संरक्षकका रुपमा रहे, भने वहाँको यो भुमिकाले कार्यकर्ता पंक्तीमा अभिाकत्वको भाव सदैव उजार भैरह्यो ।
‘जनप्रतिनीधि हुदा होओस् वा जनप्रतिनीधि नहुँदा वहाँले कार्यकर्तालाई गुण लगाउन कहिल्यै कुनै कसर बाँकी राख्नु भएन,’ वहाँका समकक्षीहरु भन्छन् ‘यसर्थ पनि कार्यकर्ताका लागि मात्रै गरिब दलितका आवश्यकता परेको बेला रातीमा पनि कतै जानु पर्ने भए तुरुन्त जनताको काममा हिडिदिने गर्ने गर थियो । वहाँ जस्तो नेता सुखीपुरमा अब हुने मुशकिल छ । वहाँको बोलीको चोटमा कस्ता कस्ता सामन्तको साम्पती सत्ता भंग गर्ने शहास बोकेका , हरदम जनताको काममा अग्रह भुमिका र विश्वाशिलो नेताका रुपमा रहँदै आउनु भयो ।
वहाँ भर्खको युवा १८ बर्षका हुनु हुन्थ्यो । त्यतिबेला देखि नै मधेश र मधेशी अधिकारबाट बंचित रहेको अबाज गाउँ गाउँमा सुनाउनु हुन्थ्यो । वहाँले जबसम्म विभेद अन्त्य हुँदैन तबसम्म मधेश र मधेशीको अधिकार प्राप्ति हुँदैन त्यसैले बलिदानीको आन्दोलन बाकी रहेको भन्दै थियो । भन्छ बगैचामा भेरै फूल हन्छ तर राम्रो र सुगन्धित फूल पहिले नै टिपिन्छ त्यस्तै यौवनावस्थाको पूर्व सन्ध्यामा संसार नै छोडि जानुभयो । वि.स.२०३० माघ ५ गते जन्मिनु भएका महतोका बुबा किसन महतो हुन । राष्ट्रिय जनता पार्टी नेपालका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतोको गत वर्ष भदौ २६ गते ह्दयघातबाट निधन हुनुभयो ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६