कोरोनाबाट मृत्यु भएकाको शव सेनाले व्यवस्थापन गर्न खोज्दा ढुंगामुढा

  • प्रकाशित मितिः भदौ 12, 2077
  • मधेश स्पेशल
  • 2537 पटक पढिएको

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता
सुखीपुर (सिरहा) / कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ४ हाल सुखीपुर नगरपालिका वडा नम्बर ८ का ६५ वर्षिय ग्यास ब्यापारीको मृत्यु भएपछि सुखीपुर नगरपालिका ८ महदेवा स्थित रहेको गागैन खोलामा नेपाली सेनाले शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले ढुंगामुढा गरेपछि सुखीपुर नगरपालिका ३ स्थित श्री जनता माध्यमिक विद्यालय सुखीपुरको जग्गामा व्यवस्थापन गरेको छ ।

सेनाले गागैन खोलामा शब व्यवस्थापन गर्न खाल्टो खन्न लाग्दा स्थानीयले विरोध गरेपछि एसपी, मेयर र वडाध्यक्ष समेत पुगेका थिए तर ढुंगामुढा भएपछि सो ठाउँमा ब्यवस्थापन गर्न नसकेपछि सुखीपुर नगरपालिका ३ स्थित रहेको गागौन खोलाको छेउमा श्री जनता माध्यमिक विद्यालय सुखीपुरको जग्गामा व्यवस्थापन गरेको छ ।


स्थानीयहरुले आक्रोशित हुदै ढुंगामुढा गरेपछि सो ठाउँमा ब्यवस्थापन गर्न नसकेपछि सो ठाउँबाट १ किलोमिटर दक्षिण भगतपुर स्थित गागैन खोलामै आएर ब्यवस्थापन गर्न खोज्दा पनि सो ठाँउमा पनि स्थानीयहरुले गर्न नदिएपछि पुन १ किलोमिटर दक्षिण स्थित रहेको गागैन खोलाको छेउमा विद्यालयको जग्गामा ब्यवस्थापन गरको छ ।


सार्वजानिक जग्गामा पनि यस्तो महामारीको समयमा पनि स्थानियको ब्यवहार देखेर दुख लागेकोछ । यस्तो अवस्थामा जो कोही पनि सहयोग गर्नुपर्छ । सिरहा जिल्लाकै अन्य स्थानीय तहका ब्यक्ति कोरोनाबाट मृत्यु भएपछि सोही स्थानीय तहमा शब ब्यवस्थापन गर्दा कतै अवरोध नभएको सुखीपुरमै प्रथम पटक यस्तो कार्य भएकोले दुखित भएको नेपाली सेनाले बताउनुभयो ।


शबलाई जमीनमा व्यबस्थापन गर्ने हो कि आकाशमा ? विवेक गुमाई सकेको हो हाम्रो समुदाय ? पालो जो सुकैको पनि आउन सक्छ हेक्का राखौ ! त्यसैले शवलाई व्यबस्थापन गर्न कसैले अवरोध नगर्न नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य देवकुमार यादवले आग्रह गर्नुभयो ।


निश्ब्दु छु आज स्थानीयको बानी देखेर झन मृतक परिवारलाई कस्तो महसुस भैरहेको विद्यार्थी नेता नितेश यादवले फेशबुकमा पत्रकार यादवकै स्टाट्समा कोमेन्ट गर्नुभएको छ ।


आफूहरुको आवजात रहेको र बालबालिकाहरु सधै खेलकुद गर्ने ठाउँ शब ब्यवस्थापन गरेपछि कसरी हामीहरु गर्न दिन्छौ । यहाँ शब ब्यस्थापन हुन् थियो भने यस क्षेत्रमा भाइरस प्रभाव बढी हुने भएकोले शव ब्यवस्थापन गर्न नदिएको स्थानीयले दुखेसो पोख्नुभयो ।


मृतक सुखीपुर नगरपालिकाकै मुख्य बजारको मुख्य चौकमै ग्यास पसल संचालन गर्दै आएकोले समुदायमा समेत फैलिएको हुन सक्ने भएकोले मृतकको सम्र्पकमा आएकाहरुलाई तत्कालै खोज बिनगरी टेष्ट नगुर्नपर्ने सरोकारबलाहरुले सम्बन्धित निकायसंग आग्रह गर्नु भएको छ ।


विहिवार राति मृत्यु भएको हो । मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेको थियो ।


त्यस्तै, कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मोरङ बेलवारीकी ५६ वर्षिय महिला र झापाको दमक नगरपालिकाका ८३ वर्षिय पुरुषको आज बिहान निधन भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६