रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता
लहान / आफ्नो राजनीतिक चरित्र हत्या गर्न केही विपक्षीहरुले म माथी जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दर्ता गराएको प्रति आफु एक दमै दुखित भएको औरही गाउँपालिका जनता समाजवादी पार्टीका नेता शिवजी यादवले दुखेसो पोख्नुभएको छ ।
आफू दलितको दुखमा दिन रात सहयोग गर्ने । सयौं दलितलाई रोजगारी दिने गरेका छौ तर आफू नै दलितको शोषण गरेको कुरा केही मिडियामा आएको समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रिकामा आएको समाचारको सत्यता छैन । यदि कसैले मलाई दलितलाई शोषण गरेको प्रमाणित गरेमा म राजनीतिबाट सन्यास लिने प्रतिबद्धता गर्दछु ,’ वहाँले पत्रकारलाई भनेका छन् ।
म गैर दलित भएर पनि दलित गरिबको नेता हु । स्थानीय चुनावमा ६ मतले पराजित भए । कसैले मलाई दलित विरोधी बनाउन खोजेका छन् । वहाँलाई आग्रह गर्न चाहन्छु । म काम र सहयोगी नेता हो । एक दुई जनाको षडयन्त्र केही हुने बला छैन् । प्रमाणित नै गर्नु छ भने गाउँकै दलित भेला गरेर मलाई अधिकांश दलितको मुखबाट दलित विरोधी हो भन्न लगाए दिए आफू उही दिन राजनीतिबाट सन्यास लिने औरही गाउँपालिका वडा नम्बर ५ का प्रभावशाली नेता शिवजी यादवले उद्घोष गर्नुभयो ।
वहाँले भने– म राजनितिकको साथ साथ भारतमा सह मिलहरुमा ठेक्का पटा गर्ने ठेकेदार पनि हु । म यहाँका गरिब दलित जो कोही काम गर्ने ईच्छा जाहिर गर्छन् वहाँहरुलाई काम गराउन भारतको सह मिलमा लगने गरेका छौ । वहाँहरुलाई घरमै रकम मांग गर्दा आफूले एडभान्सको रुपमा आवश्यकता अनुसार दिने गरेका र्छौ । गाउँघरमा कसैको विबाह र कुनै जरुरी कार्य भयो भने आफुकहाँ आउँदा आफूले तेरो सम्पती कति छ कहिले शोधेको पनि छैनौ । के कामको लागि रुपैयाँ लिन आउनुभएको छौ शोधने गरेका छौ । विवाह, मृत्यु र विदेश जान भनेपछि तुरुन्तै पैसा उपलब्ध गराई दिने गर्छु । तर दलित गरिबलाई दुखमा सहयोग गर्नेलाई नै दलित विरोधीको आरोप लगाए दिएर आफनो चरित्र हत्या गर्न लागेको छ ।
वि.सं. २०७४ साल कार्तिक ३० गते औरही गाउँपालिका वडा नम्बर ४ का राम भजन सदायको आमाले घर खर्च तथा छोरा र ज्वाईलाई विदेश पठाउन साथै राम भजनको विवाह समेतको लागि ३ लाख ४५ हजार रुपैयाँ कर्जा लिन आउँदा यति ठूलो रकम कहाँबाट चुक्ता गर्न सक्छौ भनेपछि छोरा ज्वाई विदेश कमाएको रुपैयाँ सबभन्दा पहिले तपाई नै उपलब्ध गराउने भने पछि कपाली तमसुकमा रुपैयाँ दिए । वहाँ लाई मात्रैै हाेईन आफू कहाँ काम गर्ने सयौ जनालाई विदेश पठाउन रुपैयाँ दिएर आज उनीहरुले सम्पती आर्जन पनि गरेका छन् । तर राम भजन कहाँ बारम्बर पैसा मांग गर्न जादा आज भोली भन्दा भन्दा बैमानी गर्ने मन्सायमा पुगेछ । उसकाे गाउँकै समाजलाई समेत भन्न लगाए । कति पटक समाजलाई एक ठाउँमा भेला पनि गराए । भेला गराएपछि दिन्छौ स्वीकार गरे तर समयमा नदिदाँ एक दिन भनाभन भयो । केही राजनितिक विपक्षीहरुले अब पैसा बैमानी गर्न उल्टै झुठा अभियोग लगाएको प्रति म एकदमै दुखित भएको छु । भलाई गर्ने मान्छेलाई झुठा आरोप लगाएर तत्काल बदनाम गर्न सक्छ तर सत्य बाहिर आएपछि दुधको दुध पानीको पानी हुनेछन् ।
औरही गाउँपालिकाको दलित गरिबको नेता शिवजी उपनामले ख्याती कमाएका शिवजी यादव स्थानीय चुनावमा तत्कालिन संघीय समाजवादी फोरमबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएर ६ मतले मात्रै पराजित भएका नेतालाई यस प्रकारको आरोप लगाएपछि दलित समुदायले एक स्वरमै भने शिवजी नेता हाम्रो अन्नदाता देवता रहेको छ ।
जस्तो त्यस्तो लुगा लगाउँथिए । छोराहरुलाई रोजगारीमा लगाएदिएपछि हेर्नुस् राम्रो लुगा सफासुघर भएर बोल्न पाएका छौ । यो मेरो मात्रै नभइ औरहीका दलितहरुमा परिवर्तन आएको तपाईंकै अगाडि छ । यसमा मुख्य भूमिका शिवजी यादवको हो औरही २ की बौधीदेवी सदाय बताउँछीन् ।
यस घटनाको मुख्य पात्र भजन सदायको घर पुग्दा सदाय घरमा भेटनु भएन् । घरमा वहाँ श्रीमती भेटिन् । भजन कहाँ छ शोध्दा घरमा छैन् बताए । तपाईको नाऊ के हो प्रश्न गर्दा वहाँले बताउन मानिन् । जति प्रयास गर्दा पनि वहाँले केही बताउन नमानेपछि हामी फर्कियो ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६