तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुर नगरपालिकामा आज बिहान ६ बजेदेखि ’लक डाउन’

  • प्रकाशित मितिः श्रावण 28, 2077
  • रोयाण्टर मण्डल
  • 605 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सिरहाको सुखीपुर नगरपालिमा आज बुधवार बिहान ६ बजेदेखि साउन ३२ गते १२ बजे राती सम्मका लागि ’लक डाउन’ गरिने भएको छ ।

 

नगरपालिका स्तरीय कोभिड १९ कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको संयोजक सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको संयोजकत्वमा समितिको मंगलवार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।

 

समितिको निर्णय अनुसार सार्वजानिक यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्ने छ । स्वास्थ्य क्षेत्र, अतिआवश्यक र सुरक्षा निकाय भने खुला रहने बताइएको छ । सुखीपुरमा हालसम्म सुखीपुर नगरपालिकामा समाचार तयार पर्दा सम्म १२ जना कुल संक्रममित मध्ये ४ निको भएर घर फर्किएको सुखीपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले बताएको छ ।

 

वहाँका अनुसार हिजो आएको पिसिसि पिसिआर टेष्टको रिपोर्टमा सुखीपुर नगरपालिकाका वडा नम्बर ९ बैशखाका ८ जनाको कोरोना पोजेटिभ देखिएपछि सो वडालाई सिल गरिएको छ ।

 

त्यस्तै सिरहामा हाल सम्म २ सय ७० जना कुल संक्रममित १ जनाको मृत्यु र १ सय ९२ निको भएर घर फर्केका छन् । देशभरमा समाचार तयार पार्ने बेला सम्ममा २९ हजार ९ सय ४८ जना कुल संक्रममित ८३ जनाको मृत्यु र १६ हजार ६ सय ६४ जना निको भएका छन् ।

Image may contain: text that says 'सुखीपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सुखीपुर, प्रदेश सख्या: २०७७ ०७, 59 नेपाल विश्वव्यापी महामारीको मिति-२०७७/ नगरपालिका द्वारा जारी अत्यन्त /၃७ फैलिएको भिडभाड कार्यालयहरुमा सूचना (COVID संक्रमणबाट सुखीपुर अनुसारक अपनाई सेवाहरु गतिविधिहर समितिको बैंठकले समेत सरकारी संक्रमण कमश: समुदायस्तरमा मिति २०७७ अत्यावश्यक कार्यालयवाट नगरपालिका सम्वन्धित नगरपालिका सरोकारवालाहरुको जानकारी परिपालनाको कायालयहरुबाट निजि, सेवाहरु आवश्यक सेवाहरु गराउँदा भौतिक सामाजिक औषधी नगरवासीहरुमा नागरिकहरुलाई सेनिटाइजरको नलगाउने। व्यवसायमा नगरपालिका महानभावहरु, सार्वजनिक निकायका ईलाका कार्यालय सुखीपुर| लडकन्हा उधोग व्यापार समिति सुखीपुर| aye रामऔतार यादव सुखीपुर नगरपालिका'

तस्वीर – ओम प्रकाश गुप्ता

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

रेशम चौधरी छुटाउन वार्ता सुरु

काठमाडौं । विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटर थारुवान संयुक्त संघर्ष समिति केन्द्र

ब्रेन हेमब्रेज भएर वडा अध्यक्षको मृत्यु

कैलाली / कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । ७७ वर्षीय रावलको उपचारका क्

सुखीपुर नगरपालिकाको मुल गेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । वालबालिकालाई दिवा खाजा संचालन , आय व्ययको प्रमाणित प्रतिलिपी लगायतको मां

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६