सिरहा नगरपालिकामा कोरोना नियन्त्रणका नाममा ब्रह्मलुट, अख्तियारले लियो कागजात कब्जामा

  • प्रकाशित मितिः श्रावण 25, 2077
  • रोयाण्टर मण्डल
  • 670 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहाको सिरहा नगरपालिकाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले कागजात नियन्त्रणमा लिएको छ ।

नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकममा चरम दुरुपयोग गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।


सिरहा नगरपालिकाले कोभिड १९ रोकथाम, नियन्त्रणको नाममा जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेपछि उक्त विवरणमा रकमको चरम दुरुपयोग रहेकोले कागजात नियन्त्रणमा लिएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले कागजात नियन्त्रणमा लिइसकेको र त्यस सम्बन्धि कार्वाही प्रक्रिया सुरु भएको जानकारी गराए ।


अहिले पनि केही स्थानीय तहले कोरोना नियन्त्रणको नाममा गरेको खर्च गोलमाल भएको छैन भने सार्वजनिक गर्न आनाकानी गरि रहेको छ । गोलमाल भएको छैन भने सार्वजानिक गर्न किन आनाकानी ? कुन कुन शीर्षकमा खर्च गरेको हो विवरण सार्वजनिक गरी नागरिकबाट अनुमोदन गराउन स्थानीय सरकारलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देव कुमार यादवले आग्रह गरे ।


जनप्रतिनिधी र कर्मचारीले मनमर्जी खर्च गर्ने प्रवृति हावि हुँदा सिरहामा भ्रष्टाचार मौलाएको छ । विकास एवं समृद्धिको चिन्ता भन्दा पनि रकम कसरी कुम्ल्याउने भन्ने चिन्ता र चाँसो भएको स्थानीयहरु बताउँछन् ।


हामीले बजेट विनियोजन गरि दिएको कर्मचारीहरु नियम प्रक्रिया मिलाएर खर्च र भुक्तानी गरेको सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले बताए ।

के मा कति खर्च ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६