तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सिरहामा मेयरका छाेरा ५ लाख घुस सहित रंगेहात पक्राउ

  • प्रकाशित मितिः असार 31, 2077
  • मधेश स्पेशल
  • 170 पटक पढिएको

राेयाण्टर मण्डल

लहान / सिरहाकाे कल्याणपुर नगरपालिकाका मेयरका छाेरालाई अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको घुस सहित पक्राउ गरेको छ ।

 

कल्याणपुर नगरपालिका  मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई ५  लाख घुस सहित अख्तियारको टोलीले आज बुधवार  लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाटै पक्राउ गरेको हो ।  

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका डिएसपी मधुकुमार थापाको नेतृत्वको टोलीले पक्राउ गरेको जानकारी दिए।

डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग  मण्डलले घुस लिएको पैसा ५ लाख पनि जफत गरेको अख्तियारको टोली  डिएसपी  थापाले जानकारी दिए।

 

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग आयोगको कार्यालय वर्दिवास लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक्ष्मीपुर पतारी गाउँपालिकाको बजेट ४९ करोड ९२ लाख

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता लहान / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले ४९ करोड ९२ लाख बढि बजेट पार

दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

जनकपुरधाम । जनकपुरमा दुई समुदायबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपा

स्वर्गीय महतोको सपना पुरा गर्नुभयो ? गोहीको आशु चुहाउने नेता ज्यु

रोयाण्टर मण्डल राजपा नेपालको तत्कालिन सिरहा जिल्ला अध्यक्ष राम बहादुर महतोकोे दोश्रो बार्षिक पुण्य तिथ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६