रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन

  • प्रकाशित मितिः असार 23, 2077
  • मधेश स्पेशल
  • 865 पटक पढिएको

ओम प्रकाश गुप्ता
सुखीपुर (सिरहा) / नगर युवा संजाल सुखीपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लहानद्वारा समन्वयन भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।


सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित सुखीपुर उधोग ब्यपार समिति भवनमा कारोना भाइरसको महामारीका कारण वर्तमान अवस्थामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।


कोरवनाको कारण लकडाउन भएको हुनाले अधिकाशं व्यक्ती घरमा रहेकाले बिरामीहरुलाई रगत कमि नहोस् भनेर कार्यक्रमको अयोजना गरिएको संजालको अध्यक्ष एवं कार्यक्रमका संयोजक शुनिल कुमार यादवले जानकारी दिनुभयो ।


रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने रक्तदान कार्यक्रममा वक्ताहरुले भन्नुभयो ।


तस्वीर स्रोत – सुखिपुर नगर युवा संजालको फेशबुक वालबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६