रोयाण्टर मण्डल
लहान / कोरोना कारण प्रभावित हरुलाई प्रदेश सरकार र स्थानीय सरकारले मापदण्ड विपरित क्वारेन्टाईन संचालन भएकोे भन्दै सुखीपुर नगरपालिका वडा नम्बर ३ बस्ने गुमस्ता कुमार यादवले बुधवार उच्च अदालत जनकपुर, राजविराज इजलासमा रिट बुधवार दायर गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर २, जिल्ला प्रशासन कार्यालय सिरहा, सुखीपुर नगरपालिका , लहान नगरपालिका, धनगढीमाई नगरपािलका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिकालाई विपक्षी बनाई मुद्दा दायर गरिएको हो । उक्त मुद्दामा न्यायाधीश विपुल न्यौपानेको एकल ईजलाशले कोरोना नियन्त्रण सम्बन्धमा नेपाल सरकारले तय गरेको नीति निर्देशन र मापदण्ड बमोजिमको कार्य गर्नु गराउनु भनि विपक्षीहरुको नाममा परमादेश प्रतिषेध जारी गरेको छ ।
उक्त मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परामादेश प्रतिषेध लगायत आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरी पाऊ भन्ने माग गरिएको छ ।
मुद्दामा विपक्षी बनाइएकाहरुबाट कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतका कार्य गरिएको र गराइएको उल्लेख छ ।
सो सम्बन्धमा प्रदेश २ सरकारले मापदण्ड अनुसार कार्य गर्न कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको बताएको छ । यता पालिकाहरुका प्रशासकीय प्रमुखहरुले पालिका एउटा आफै स्थानीय सरकार रहेकोले आफुले सके जति ब्यवस्थापन गर्दै आएको जानकारी गराएको छ ।
पालिकाहरुले भने– सघिय सरकारले बनाएको मापदण्ड संघिय सरकारले पुरा गर्ने हो । स्थानीय सरकारले आफै कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड बनाएकोले आफनो मापदण्ड अनुसार कार्य गरि रहेका छौ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कु
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६