तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुरमा पनि १ जनामा कोरोना पोजेटिभ

  • प्रकाशित मितिः जेठ 27, 2077
  • मधेश स्पेशल
  • 2188 पटक पढिएको

राेयाण्टर मण्डल

लहान ।  पिसिआर टेस्टको क्रममा सिरहाको सुखीपुरमा पनि १ जनामा कोरोना देखिएको छ ।

सुखीपुरका काेरेन्टाईनमा रहेकाेलाई  पिसिआर  टेस्ट गर्दा १ जनामा पोजेटिभ देखिएको हो ।

 

आज मंगलवार  सुखीपुर नगरपालिकाले संचालन गरेकाे काेरेन्टाईनमा बसेकाे  सुखीपुरका एक जना युवाकाे  रिपोर्टमा पोजेटीभ देखिएको हो ।

 

साे बारेमा सुखीपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा काेरेन्टाईन प्रमुख अन्देश्वर मण्डललाई साे बारे शाेध्दा तत्काल अधिकारिक रिपाेर्ट नआएकाे जानकारी गराउनुभयाे ।

 

यस्ताे सम्बेदनशील राेगकाे समाजिक संजाल लगायत अनलाइनहरुमा सार्वजनिक भएपनि स्वास्थ्य शाखाले तत्काल नगरवासीलाई जानकारी गराएर संचेत गराउनु पर्नेमा बेखर रहेकाेले  स्थानीय स्वास्थ्यकर्मीहरुले गुनासाे गर्नुभयाे ।

 

यस्ताे भयावह महामारी एक अर्कामा सर्ने राेगलाई जन समुदायलाई सचेत गराएर नगरवासीलाई राेग सर्नबाट बचाउनुकाे साटाे रिपोर्ट नआएकाे भनेर गैर जिम्मेवार बनेकाे नगरवासीहरु दुखेसाे पाेख्नु भयाे ।  

 

सिरहा क्याम्पस को कुवारेन्टेन मा (१महिला +९पुरुष), बरियारपट्टीमा १पुरुष, सुखीपुरमा १ पुरुष गरी आज १२ जनामा कोरोना पोजेटिभ  देखिएकाे छ । सिरहामा हाल सम्म कुल संक्रमित संख्या ४२ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन

ओम प्रकाश गुप्तासुखीपुर (सिरहा) / नगर युवा संजाल सुखीपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार के

सुखीपुर नपा वडा नम्बर ८ मा दाेस्राे चरणकाे राहत वितरण

राेयाण्टर मण्डल लहान /  प्रदेश २ को सरकारले दोस्रो चरणको राहत वडा कार्यालय मार्फत वितरण गरिरहेको छ ।  

सुखीपुर नगरपालिकाकोे बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण

रोयाण्टर मण्डललहान / सुखीपुर नगरपालिकाको चौथो नगरसभाबाट पारित आर्थिक वर्ष २०७७/ ७८ को बजेट नीति तथा कार्य

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६