तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुर- २ मा राहत वितरण सम्पन्न

  • प्रकाशित मितिः बैशाख 30, 2077
  • मधेश स्पेशल
  • 200 पटक पढिएको

राेयाण्टर मण्डल

लहान ।  सुखीपुर नगरपालिका २ नम्बर वडाले लकडाउनमा मजदुर र विपन्न नागरिकहरुलाई राहत स्वरूप खाद्यसामग्री वितरण गरेको छ।  

 

राहतकाे लागि विवाद भएपछि राहत लिन नपाएका ३ सय ४०  विपन्न परिवारलाई साेमबार राहत वितरण गरिएको हाे ।

 

 ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई नगरपालिकाले राहत वितरण गरेको वडा २ का अध्यक्ष भुपनेश्वर यादवले बताउनुभयाे ।

 

लकडाउन अवधिभर काम गर्न नसक्ने परिवारलाई र आम्दानीको अन्य स्रोत नभएकालाई राहत वितरण गरिएकाे छ।

 

वहाँले थप्दै भन्नुभयाे, 'विशेषगरी काम गरिखाने र दैनिक मजदुरी गरेर खाने नागरिकलाई पहिलो प्राथमिकतामा राखेर वितरण गरिएको छ।'

राहत सामग्रीको दुरुपयोग हुन नदिनको लागि सम्बन्धित वडा कार्यालयमा दुरी मेन्टनगरी राहत वितरण गरिएको वहाँले प्रष्ट पार्नुभयाे।

 

सुखीपुर नगरपालिकाले पनि नगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘सुनपा कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ। नगरपालिकाले कोरोना रोकथाम राहत  वितरणमा ५० लाख रुपैयाँ बजेट छुट्टयाइएकोले  वडा २ मा पनि ५ लाख बराबरकाे राहत सामग्रीका लागि  बजेट विनियोजन गरेकाे  थियाे । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

 सुखीपुरमा पनि शनिदेब महाराजको जन्म जयन्ती

ओम प्रकाश गुप्ता सुखीपुर । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेकाे गागैन खोलाको छेउमा शनिदेब

अखंण्ड सा‌ैभाग्य लागि वरसाईत पर्व मनायाे

शिव कुमार शाह लहान ।  आज  मिथलामा महिलाहरु आ- आफनाे  श्रीमानकाे दिर्घायूकाे लागि अखंण्ड साैभाग्य साव

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या पुग्यो २६७

इटहरी/ उदयपुर, पर्सा, दाङ र काठमाण्डौका थप नौ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट सं


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६