गाउँमै छाेरा छाेरीलाई ईन्जिनियरिङ पढाउन पाउँदा अभिभावक खुशी

  • प्रकाशित मितिः बैशाख २८, २०७७
  • मधेश स्पेशल
  • 2079 पटक पढिएको

 शिव कुमार शाह

लहान /  सिरहाको सखुवा नान्कार कट्टी वाडा १ विकट गाउँ मानिने माैवाहीमा २०१७ साल देखि संचालनमा रहेकाे श्री जनता नमुना माध्यमिक विधालय प्राविधिक धार माैवाहीले कम समयमा शैक्षिक,भाैतिक र प्रशासनिक पक्षमा दिगो विकासका साथ महत्त्वपूर्ण काम गरेको देखिन्छ ।

 

याे विधालय २०६७ सम्ममा ५  ओटा कक्षा काेठा र करिव १ सय ५० जना विधार्थिमा मात्र सिमित थियोे । बेन्च डेक्सकाे अभावले छात्र छात्राहरु भूईमा बस्नु पर्ने बाध्यता रहेकाे विधालयमा २०६८ माघ देखि प्रअ रामपृत यादव आएदेखि वहाँकाे विधालय प्रतिकाे लगनशीलता र ओहाेरात्र सक्रियता पुर्वक खटिएको कारण आज याे विधालयमा ८सय ३० जना छात्र छात्राहरु पडिरहेका छन् । सराेकार वला निकाय सँग सहकार्य गरि ३ विगहामा फैलिएको विधालयकाे कम्पावन्ड बाल र २५ काेठे पक्की भवन बनाउन प्रअ यादव सफल भएको छ । याे विधालय सखुवा नान्कार कट्टी गपाकाे शैक्षिक केन्द्र भएकाेले गापा अध्यक्ष केदारनाथ यादवले दुई जना दलित विधार्थिलाई शैक्षिक गाेद लिएर स्थानीय अभिभावकहरुकाे शैक्षिक मनाेवल बडाएकाे छ । साथै चारै तिरका वरिपरि गाउँ वाट विधालयमा आउन विधार्थिलाई कुनै किसिमकाे कठिनाइ हुन नदिन कटनिया नदिमा ४ कराेड ९८ लाख बराबरको लागतमा पुल निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

 

प्रअ यादवको लगनशीलताकाे कारण विकट गाउँकाे रुपमा चिनिने माैवाहिमा प्राविधिक कक्षा सिभिल ईन्जिनियरिङ,डिपलाेमा स्तर ४ वर्षे र ३ वर्षे काेर्षकाे कक्षा संचालन भय रहेको छ । जसमा ३ वर्षे काेर्षमा ३० जना र ४ वर्षे काेर्षमा बाजुरा,सिरहा,सप्तरी,धनुषाकाे ४८ जना विधार्थिहरु सिभिल ईन्जिनियरिङ गर्दै अाईरहेका छन्। प्र अ यादव भन्नू हुन्छ यश विधालयकाे प्रगतिमा गापा अध्यक्ष केदारनाथ यादव र विधालय ब्यवस्थापन समितिकाे महत्त्वपूर्ण याेगदान रहेको छ । विधालयमा स्वक्ष वतावरण शुध खानेपानीको व्यवस्था सँगै हाल महिला १ र पुरुष २ अाेटा मात्र शाैचालय रहेकाेले हाल गापाकाे सहयोगमा छात्रा म‌ैत्री शाैचाय वनिरहेकाे छ ।

 

साे विधालयमा अध्यणरत विधार्थिका अभिभावक सम्पैत यादव,ललित राय र जिवछ यादव भन्नू हुन्छ पहिले ठुला वडा,हुनेखानेका छाेरा छाेरी मात्र ओभरसियर,ईन्जिनियर हुने गर्दथ्याे हामीले घर बाहिर राखेर केटा केटी लाई पढाउने क्षमता थिएन तर प्रअ रामपृत सरले याे विधालयकाे उन्तिकाे लागि चाहे संस्थागत रुपमा हाेस या ब्यक्तिगत रुपमा निरन्तर लागिराखनु भयाे त्यसैकाे फल स्वरुप आज हाम्रो बाल बच्चाहरु घरमा बसेर ओभरसियर, ईन्जिनियर पडिरहेकाे छ । हामीले दिनहु बच्चालाई पढ्न पठाउनु पर्छ, विधालयकाे सर्वाङ्गीक विकासमा सबै पक्षले प्रअ लाई ईमानदारीता पुर्वक सहयाेग गरे याे विधालय अझ अगाडि बढने जनाउनु भयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६