युवा नेता हरेराम यादवले पनि निःशुल्क खाना खुवाउदै

  • प्रकाशित मितिः बैशाख २४, २०७७
  • रोयाण्टर मण्डल
  • 1781 पटक पढिएको

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता
लहान । जनता समाजवादी पार्टी नेपालका युवा नेताले आफना वडाका लक डाउनबाट प्रभावित विपन्नहरुलाई निःशुल्क खाना खुवाउन थालेपछि वडाका सयौं परिवारको भोख मेटाउन सफल भएको छ ।


सिरहा सुखीपुर नगरपालिका वडा नम्बर ३ का जनता समाजवादी पार्टीका युवा नेता हरेराम यादवले निजी लगानीमा आफनो वडामै लकडाउनवाट प्रभावित भएकाहरुलाई कुशहामा निःशुल्क खाना खुवाउन शुरु गरिएको छ ।


वडाका असहाय, असक्त र अतिविपन्न ६ सय जनालाई खाना खुवाइएको युवा नेता यादवले जानकारी दिनुभयो ।

वहाँले आज मात्रै होईन अन्य कामहरुमा पनि जनताको लागि दिन रात एकगरी सहयोग गर्ने नेताको रुपमा चिनाउनु हुन्छ ।

नगरपालिकाको चुनावको भेला वहाँले वडा अध्यक्षमा समेत उम्मेदवारी दिनुभएको थियो । थोरै मतको कारण चुनावमा पराजय भोगनुभयो । जनताको मतले जितेको अनौपचारिक अध्यक्ष हो तर अत्यधिक मत बदर भएका कारण वहाँले पराजय हुनुभयो औपचारिक हुनबाट बन्चित हुनुभयो ।


वहाँले चुनावमा पराजय भएपछि सो वडाका जनताहरु एकदमै निराश हुनुभएको थियो । वहाँ नै यस्तो उम्मेदवार हुनुहुन् थियो । जो सो वडाको गाउँ गाउँको बिचमा सदियौ देखि देखिको मनोभाव बदलिन सफल हुुनुभएको थियो ।

के थियो मनोभाव
साविक कुशहा लक्ष्मिनियाँ गाविसमा गाउँ गाउँको बिचमा मत भेद कुशहाका मान्छे सलमपुरको मान्छेलाई मत नदिने । यहाँको मान्छे कुशहाको उम्मेदवारलाई मत नदिने अधिकांशको यस्तो सोच रहेको थियो । तर युवा नेता हरेराम यादवले उम्मेदवारी दिएपछि त्यस्तो मनोभावमा कमी ल्याउदै दुईटै गाउँको असल समाज सेवी नेताको रुपमा वहाँले पहिचान बनाउनुभयो ।


मधेशको चुनावमा जात पात
वहाँ यादव जातिको भएता पनि चुनावमा वहाँले जातिको नारा नलगाई । जनताको विकासको मार्ग दर्शन देखाएर चुनावमा भाग लिनुभएको थियो ।
सत्य लोकतान्त्रिक प्रक्रियाबाट चुवाम जितने मन्सायमा वहााँ हुनु हुन् थियो । वहाँको लागि जनताले नै मत मागे तर आफु जात पात नगरेता पनि जातपातकै कारण वहाँलाई पनि अलि प्रभाव पारेका कारण चुनावमा पराजय भोगनु परेको वडाका जानकारहरुको अन्बेशन रहेको छ ।

के भन्नुुहुन्छ युवा नेता यादव
कुशहा र सलमपुरको गाउँ जोडने पुल चुनाबको बेला सोही पुलको वारी पारी भनेर नारा लगाएर दाउ मार्ने पुलको अब सेतुपुलको रुपमा बनाउने छौ । हामी अहिले लोकतन्त्र गणतन्त्रमा आए सकेकोले अब हामी जात पातको रुपमा नगरेर सर्व विकासको रुपमा चुनावमा भाग लिनेछौ । अहिले महारमारी समयमा चुनाव कुरा नगरौ अहिले महामारीबाट जनतालाई जोगाउने समय हो । त्यसैले हामी अरुलाई विरोध गर्नुभन्दा आफनै लगानीमा प्रभावित जनतालाई निःशुुल्क भोजन गराउदै छौ । म सबै जातिका विपन्नहरुलाई सम्मान ब्यबहार गर्दछु । यो कुनै मतको लागि होईन हाम्रा वडाका कोई भुखो नहोस भनेर अभियानमा लागेका छौ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६