सुरुङ्गा नगर पालिका –७ हरिपुरका विपप्न घरपरिवारलाई राहत सामग्री वितरण

  • प्रकाशित मितिः बैशाख 21, 2077
  • मधेश स्पेशल
  • 1007 पटक पढिएको

रोहित कुमार मण्डल

सप्तरी (कुशहा ) /  विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका सप्तरीको सुरुङ्गा नगर पालिका –७ हरिपुरका ६ सय ९६ जना विपप्न घर परिवारका लागि आज आइतबार राहत सामग्री वितरण गरेको छ ।

सप्तरीको सुरुङ्घा नगर पालिका ७ का वडा अध्यक्ष शिव नारायण चौधरीको अगुवाई तथा सशस्त्र प्रहरी बल बेश क्याम्प कुशहाका सशस्त्र प्रहरी नायब निरिक्षक हरिराम सिटौला, प्रहरी चौकी धाँतीका प्रमुख डम्बर बस्नेत, तथा विभिन्न राजतिक दलका प्रतिनिधिहरुको रोहबरमा आइतबार राहत वितरण गरिएको राहत वितरण कार्यमा सहभागि महेन्द्र कुमार पासवानले जानकारी दिनुभयो ।

लामो समयको लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका दलित तथा अति विपप्न घरपरिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर बन्दै गइरहेको बेला सुरुङ्घा नगर पालिका ७ हरिपुरले राहत सामग्री स्वरुप चामल १५ केजी., एक केजी नुन, मसुरोको दाल २ केजी, खानेतेल एक लिटर खाधान्न सामग्री वितरण गरेको राहत सामग्री वितरण कार्यमा सहभागी समाजसेवी मिथिलेश मिश्रलाई उदृत गर्दै हाम्रा सहकर्मी रोहित कुमार मण्डलले जनाएका छन् ।

आज राहत पाएपछि सुरुङ्गा नगर पालिका– ७ हरिपुर, पोखरीया दलित बस्ती, बसानपटि राम टोल तथा मुस्लीमटोल गरिब तथा विप्पन परिवार खुशिले गदगद भएका छन् ।

 

आफनो नाम राहत लिनेमा समावेश नगरेको धनीहरुको नाम समाबेश भएको भन्दै वडा कार्यालयमा ढुंगामुढा

सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शन

रौतहटको वौधिमाई नगरपालिकाको वडा नं ६ मा भएको झडप

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६