नेपाली काँग्रेसको धनगढीमाई नगरपालिकामा राहत वितरण

  • प्रकाशित मितिः बैशाख 19, 2077
  • मधेश स्पेशल
  • 882 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / नेपाली काँग्रेस सिरहाका सभापति राम चन्द्र यादवले कोभिड – १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि धनगढीमाई नगरपालिकामा दैनिक गुजारा चलाउन बढी समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण शुरु गरेको हो ।

 

नेपाली काँग्रेस धनगढीमाई नगर कार्यसमिति, पार्टीका कार्यकर्ता तथा शुभ चिन्तकहरुको आर्थिक सहयोगबाट चामल, दाल र नुन वितरण गर्न लागेको हो ।

नगरका १४ वटै वडाका ३ हजार घरपरिवारलाई प्रति परिवार साढे १२ किलो चामल, एक किलो दाल र नुन वितरण गर्न लागेको नेपाली काँग्रेस सिरहाका सभापति तथा पूर्व सांसद राम चन्द्र यादवले बताउनुभयो ।

वहाँ भन्नुभयो – धनगढीमाई १४ वडाका पार्टी कमिटि नेतृत्वमा स्थानीय जनप्रतिनीधिहरुसँँगको समन्वयमा राहत वितरण गरिएको छ ।

 

राहतका लागि ३ सय क्विन्टल चामल, २० क्विन्टल मसुरोको दाल र ३ हजार किलो नुन खरिद गरिएको नेपाली काँग्रेसका महासमिति सदस्य तथा जिल्ला सचिव पञ्चलाल महतोले जानकारी गराउनुभयो ।

वहाँले भन्नुभयो – ‘हरेक वडाका वडाध्यक्ष, पार्टीका अगुवा, अन्य राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत समन्वय गरी पहिचान गरिएका परिवारलाई राहत दिन्छौं, त्यसमा पार्टीगत रुपले काखापाखा हुँदैन ।’

 

नगरपालिकाले वितरण गरेको राहत लिन छुटेको विपन्न परिवारलाई राहत उपलब्ध गराउने नेपाली काँग्रेसका युवा नेता अरुण यादव बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६