नवराजपुर गाउँपालिकामा राहत वितरण शुरु

  • प्रकाशित मितिः बैशाख 19, 2077
  • रोयाण्टर मण्डल
  • 939 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहाको नवराजपुर गाउँपालिकाका सम्पूर्ण वडामा प्रथम चरणमा दलित परिवारलाई राहत विवरण शुरु भएको छ ।


कोभिड – १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि गाउँपालिकाले दैनिक गुजारा चलाउन बढी समस्यामा परेका दलित परिवारलाई राहत वितरण शुरु गरेको हो ।


हाल सम्ममा नवराजपुर गाउँपालिका वडा नम्बर ५ र ४ केही दलित परिवारलाई खाद्यान्न वितरण गरिएको छ । दुई दिन भित्र गाउँपालिकाका १ हजार ९२ दलित परिवारले राहत वितरण गरि सकने नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्व मोहन यादवले बताउनुभयो ।


आज शुक्रवार नवराजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोज कुमार यादवले दुरी मेन्टनगरी राहत वितरण गरेको छ ।


सो वडामा २ सय ६० दलित परिवारलाई ३० केजी चामल, ३ केजी दाल, २ केजी चिनी, २ पोका नून, २ लिटर खाने तेल, र ४ वटा साबुन राहत वितरण गर्ने योजना रहेकोले आज तथ्यांकमा उल्लेखित नमावलीको सम्पूर्ण परिवारलाई राहत वितरण गर्न सकेनौ तर भोली शनिवार सम्पूर्णलाई राहत वितरण गरी सक्ने अध्यक्ष यादवले बताउनुभयो ।


त्यस्तै  वडा नम्बर ४ मा २ सय ३० दलित परिवारलाई ३० केजी चामल, ३ केजी दाल, २ केजी चिनी, २ पोका नून, २ लिटर खाने तेल, र ४ वटा साबुन राहत वितरण गर्ने योजना रहेकोले आज थोरै जनालाई राहत वितरण गरियो । भोली शनिवार सम्पूर्णलाई राहत वितरण सम्पन्न गर्ने वडा नम्बर ४ का वडा अध्यक्ष मदन कुमार यादवले बताउनुभयो ।


सामाजिक दुरी कायमगरी शस्त्र प्रहरी बलका प्रहरी जवान, स्वयम सेवक , कर्मचारी लगायत स्थानिय जन –प्रतिनिधिहरु खटाएर वितरणगरी रहेका छौ । राहतको लागि प्रदेश सरकारबाट १० लाख र गाउँपालिकाबाट १ करोड ४० लाख रुपैया विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६