सुखीपुरमा हनुमान अराधनागरी सीता नवमी मनाईयो

  • प्रकाशित मितिः बैशाख 19, 2077
  • रोयाण्टर मण्डल
  • 1158 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहाको सुखीपुरमा पनि हनुमान अराधनागरी सीता नवमी मनाईएको छ ।

 सुखीपुर नगरपालिका वर्डा नम्बर ८ स्थित रहेको राम जानकी मन्दिर सुखीपुरमा सीता नवमीकाे आगमनमा हनुमान अराधनागरी सीता नवमी मनाईएको छ ।


मिथिलाभरी धुमधामका साथ मनाउने सीता नवमी यस वर्ष कोरोनाको विश्व महामारीका कारण धुमधाम नभएता पनि सुखीपुरमा आजै आगमनकाे कामना गर्दै हनुमान अराधना गरेर सीता मईयालाई कोरोनाबाट मुक्त गर्न समेत अहवान गरेर मनाईएको राम जानकी मन्दिर सुखीपुरका ब्यवस्थापन समितिका अध्यक्ष नागेश्वर प्रसाद चौधरीले बताउनुभयो ।


सीता नवमीलाई राजा जनक र मिथिलाकी रानी सुनयनाकी छोरी र अयोध्याकी रानी देवी, जसलाई जानकी नवमी पनि भनिन्छ सीताको अवतार दिवसका रूपमा परापूर्वकाल देखि मनाउने गरेको जानकारहरुले बताउनु हुन्छ ।


जानकारहरुले थप्दै भन्नुभयो – “माता सीताका पति भगवान रामको अवतार दिवस एक महिना अघि चैत्र शुक्ल नवमी वा रामा नवमी महिनामा मनाइन्छ । देवी सीता पुष्य नक्षत्रको समयमा जन्म भएको थियो । सीता भनेको समाधान चलाउनु हो । विवाहित हिन्दू महिलाले आफ्ना पतिहरूको दीर्घ जीवन र सफलताको लागि देवी सीताको पूजा गर्दछन् ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६