तथ्यांकमा काेराेना भाइरस - COVID - 19

रहेनन् बलिउड अभिनेता ऋषि कपुर

  • प्रकाशित मितिः बैशाख 18, 2077
  • मधेश स्पेशल
  • 324 पटक पढिएको

एजेन्सी
बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो । ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।


यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् ।


अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

 

उनको क्यान्सरको उपचारको चलिरहेको थियो । बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’


बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

पत्रकार चौधरीको उपचारकै क्रममा निधन

रोयाण्टर मण्डललहान । अस्पतालले अर्थराइटिसको अपरेशन (knee joint surgery ) गरेपछि  नेपाल पत्रकार महासंघ सिराहा शाखाक

मिथिलाञ्चलमा आज ‘जतरा’, नीलकण्ठ चराको दर्शन शुभ

धनुषा : बडा दसैं अन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रालाई मैथिलीमा ‘जतरा&r

सुखीपुरमा १ करोडको लागतमा राजदेवी मन्दिर निर्माण हुने

विजय साह लहान / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनियाँमा १ करोडको लागतमा राजदेवी माताको मन्द

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६