तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सभासद श्रीवास्तव ब्यक्तिगत आर्थिक लगानीमा निःशुल्क खाना खुवाउदै

  • प्रकाशित मितिः बैशाख 18, 2077
  • रोयाण्टर मण्डल
  • 439 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / नेताहरु त प्रदेश लगायत देश भरमा धेरै छन् तर मनकारी नेता प्रदेश नम्बर २ का प्रदेश सभासद मदन सेन प्रसाद श्रीवास्तवले विपन्न नागरिक तथा बात बतोही (बटुवा) लाई आज बिहीवार देखि २५ गते बिहीवार सम्म बिहान र साझ निःशुल्क खाना खुवाउने भएका छन् ।

 

यस प्रकारको ब्यक्तिगत आर्थिक लगानीमा बिहान र साझ निःशुल्क खाना खुवाउने प्रदेशमा रहेको प्रत्येक जिल्लाका सहकर्मीहरुबाट आएको जानकारी अनुसार प्रदेशभरमा वहाँ मात्रै यस्तो गुणकारी कार्य गर्न लागेको जानकारीमा आएको छ । हुन त यस प्रकारको कार्य सामुहिक सहयोगमा धेरै ठाउँमा हुने गरेको छ तर ब्यक्तिगत आफनै सहयोगमा गर्ने वहाँ पहिलो सभासद हुनु हुन्छ ।



विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका अवस्थालाई मध्यनजर गर्दै विहान ९ बजे देखि १ बजे सम्म , साझ ६ बजे देखि ७ः३० (साढे सात) बजे सम्म श्री राम जानकी मन्दिर सुखीपुरको परिसरमा खाना खुवाउने प्रदेश सांसद श्रीवास्तवले बताउनुभयो ।

वहाँले सिरहा जिल्लाको निर्वाचन क्षेत्र– २ (ख) बाट प्रदेश सभामा अत्यधिक मत प्राप्त गरेर निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

 सुखीपुरमा पनि शनिदेब महाराजको जन्म जयन्ती

ओम प्रकाश गुप्ता सुखीपुर । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेकाे गागैन खोलाको छेउमा शनिदेब

अखंण्ड सा‌ैभाग्य लागि वरसाईत पर्व मनायाे

शिव कुमार शाह लहान ।  आज  मिथलामा महिलाहरु आ- आफनाे  श्रीमानकाे दिर्घायूकाे लागि अखंण्ड साैभाग्य साव

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या पुग्यो २६७

इटहरी/ उदयपुर, पर्सा, दाङ र काठमाण्डौका थप नौ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट सं


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६