राहतको लागि वडा कार्यालय घेराउ, प्रहरीको सहयोगमा अध्यक्ष चौधरी फरार

  • प्रकाशित मितिः बैशाख 17, 2077
  • मधेश स्पेशल
  • 968 पटक पढिएको

दिनेश्वर प्रसाद गुप्ता

लहान । लकडाउनको बेला ज्याला मजदुरी गर्न नसकिएका लहान २० का पीडितहरुले राहतको लागि मंगलवार  वडा कार्यालय घेराउ गरेको छ ।

 

लहान नगरपालिकाले पठाएको नमावली अनुरुप लहान २० का वडाध्यक्ष गणेश चौधरीले राहत वितरण नगरिएको पीडितहरुको गुनासो छ ।

 

नगरपालिकाले ४ सय ६० जनाको नाममा पठाएको राहत वडाध्यक्ष चौधरीले त्यस मध्येको ५३ जनालाई छाडेर अन्यौलता गरेको आरोप स्थानीय जितेन्द्र साहको छ ।

जितेन्द्र साहले भने पहिचान गरिएको पीडितलाई वडाध्यक्षले राहत नदिई आफ्ना नजिकका व्यक्तिलाई बाडेको छ । वडाध्यक्षले राहत सामाग्री पटक पटक ट्रायक्टरमा आफ्नो गाउँ लगेको आरोप लगाउँदै साहले भने पीडितहरु रोगभोकले समस्या खेप्दै छन् ।

 

उता, वडाध्यक्षले गैरजिम्मेवारीपन तरिकाले राहत अन्यत्र प्रयोग गरेको साहको आरोप छ । राहत पाउँनबाट बंचित रहेका ५०—६० जनाको समूहले आज वडा कार्यालयमा अध्यक्ष चौधरीलाई घेरा हालेको थियो । घण्टोसम्म घेरा हाल्दा वडाध्यक्ष चौधरीले पीडितसँग छलफल नगरी प्रहरी बोलाएर आफु कार्यालयबाट निस्किएर फरार भएका थिए ।

 

राहत लिन आएकी अमिना खातुन भन्छिन् — म जनबैन गरेर खान्छु । मेरो नामको राहत अरुलाई दियो । मलाई अहिलेसम्म राहत दिएको छैन । बालबच्चा भोकभोकै छन् । आज एक हप्तादेखि वडा कार्यालयमा आउँछु राहत पाउँदीन । लहान २० मा यस्ता सयौ पीडित राहत नभपाएर समस्या खेप्दै आएका छन् । वडाध्यक्ष चौधरीले नगरपालिकासँग हामी ५ सय ४७ जनाको लागि राहत माग गरिएका थिए ।

 

उता, नगरपालिकाबाट ४ सय ६० जनाको लागि राहत पठाएकोले सोही अनुरुप वितरण गरिएको छ । बांकी छुटेका पीडितलाई प्रदेश २ सरकारबाट आउँने बजेटबाट राहत वितरण गरिने भन्दै वडाध्यक्षले यो अनावश्यक भिड हो । यसरी तेस्रो पटक भिड् भएको हो । वडाध्यक्षले पहिचान गरिएको ४ सय ६० मध्येका ५३ जनाको राहत अरुलाई दिएको कारण लहान २० मा एक सत्तादेखि व्यापक विरोध र घेराउ हुँदै आएको छ ।

 

राहतमा २० केजी चामल, ४ केजी आलु, १ किलो दाल, १ किलो नुन, १ लिटर खानेतेल , २ सय रुपैयाँ नगरपालिकाले बनाएको राहत वितरण गरिएको छ । एक स्रोतका अनुसार ४ सय ६० जनाको नमावलीमा ५३ जनाको नक्कली सहीछाप गरी भर्पाइ बनाएर नगरपालिकामा पेश गरेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६