सुखीपुर नगरपालिकाले घरमै पुगेर समाजिक सुरक्षा भत्ता र आजै देखि विपन्नलाई राहत वितरण शुरु

  • प्रकाशित मितिः बैशाख 15, 2077
  • मधेश स्पेशल
  • 1704 पटक पढिएको

रोयाण्टर मण्डल

लहान । सिरहाको सुखीपुर नगरपालिकाले लक डाउनको पालन गर्दै सामाजिक सुरक्षा भत्ता घरघरमै पुगी वितरण गरि रहेको छ भने ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचानगरी राहत वितरण पनि सुरु गरेका छन् ।


सुखीपुर नगरपालिकाले आईतवार नै राहत पुर्जा उपलब्ध गराएर आज सोमबार सुखीपुर नगरपालिका वडा नम्बर ९ मा ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचानगरी धमाधम राहत वितरण गरेको छ भने आजै देखि सुखीपुर नगरपािलका वडा नम्बर ८ मा पनि सामाजिक सुरक्षा भत्ता घरघरमै पुगी वितरण थालेका हुन् । 


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाईस्थानीय तहले आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका हुन् ।


सुखीपुर नगरपालिका आजबाट वडा नम्बर ९ मा प्रति परिवार ३० किलोको दरले ३ सय दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने बिपन्न परिवारलाई राहतमा चामल वितरण गरिसकेको छ ।


नगरपालिकाकाले सबै वडाका ५ लाखको दरले १० वडामा ५० लाख रुपैयाँ बराबरको खद्यान वितरण गर्ने सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले बताउनुभयो ।


नगरपालिकाले लक डाउनको पालन गर्दै सामाजिक सुरक्षा भत्ता घरघरमै पुगी वितरण गरेको छ । लकडाउनका कारण कार्यालयमा सम्म आउने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
ज्येष्ठ, एकल, अपांगता, दलित र बाल पोषण भत्ता घरमै गएर वितरण गरिएको नगरपालिकाका सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवण कुमार साहले बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको वहाँले बताउनुभयो । 


नागरिकको घरमै पुगेर भत्ता वितरण गर्दा जनप्रतिनिधि र नागरिकलाई नजिक बनाएको वडा नम्बर ८ बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६