मेयरका लागि राहत संकलन : युवा , वडाहरुबाट नेम लिष्ट समयमा नआएको राहत वितरणमा ढिलाई : मेयर

  • प्रकाशित मितिः बैशाख 14, 2077
  • मधेश स्पेशल
  • 1446 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहा सुखीपुर नगरपालिकाले हाल सम्म राहत वितरण नगरेको भन्दै सुखीपुरका युवाहरुले राहत संकलन गरेर सुखीपुर नगरपालिकाका मेयरलाई राहत बुझाउन जाँदा नगर प्रहरी भित्र प्रवेश गर्न नदिएपछि गेटमा नै राहत छोडेर फर्किएको छ ।

राहत संकलन तथा वितरण समिति पनि आफुखुसी समिति गठन । समिति पारदर्शी नभएको र राहत दिन मेयरलाई ध्यानआकर्षण गराउन राहत संकलन गरेर मेयरलाई बुझाएको नेपाली काग्रेसका युवा नेता तथा नगर सुधार समितिका अध्यक्ष बिपी भुवन यादवले बताउनुभयो ।

लकडाउनले मजदुरी पनि गर्न नपाउँदा गरिब दलितहरु भोकभोकै मर्ने स्थितिमा पुगेका छन् , ‘तर हाम्रो मेयरले उनीहरुको पीडा बुझ्न सकेका छैन् । अनेक बहाना बनाउदै आजभोलि गर्दागर्दै हालसम्म राहत वितरण नगरेकाले हामी युवाहरुले ध्यानाकर्षण गराउन तुरुन्त राहत बितरन गरोस भनेर र समाजिक दुरी कायमगरी शान्ति पुर्णरुपले उहाँलाई नै राहत बुझाएको नेपाली कागेंसका नेपाल विद्यार्थी संघका नेता प्रविण दासले बताउनुभयो ।

सोही विषयका बारेमा शोध्दा सुखीपुर नगरपालिकाका नगरपालिकाका नगर प्रमुख राम औतार यादवले वडाहरुबाट नेम लिष्ट समयमा नआएको ढिलाई भएको थियो । गत आईतवार नव प्रमुख प्रशासकीय अधिकृतको हाजरी भयो । सोही दिन देखि खरिद नियम अनुसार प्रक्रिया मिलाएर खरिद गर्नुपर्ने भएकोले राहत वितरणमा समय लागेको हो । हामी भोली देखि नै जुन वडाबाट पहिले नेम लिष्ट आएको छ सोही वडाहरु मार्फत राहत वितरण गर्ने योजना बनाएका थियौ । राहत मात्रै होईन समाजिक सुरक्षा भत्ता पनि वितरण गर्न सचिबहरुलाई पेश्की उपलब्ध गराई सकेका छौ तर केही ब्यक्तिहरुले यस प्रकार कार्यले नगर प्रमुखलाई मात्रै होईन नगरपालिकाको नाम नै बदनाम गर्न लागेकाले दुखेसो पोख्नुभयो ।

वहाँ थप्दै भन्नुभयो – नगरपालिकाकालाई बारम्बार बदनाम गर्न यस्ता प्रकारको कार्यहरु गर्दै आएको छ । कहिले समुह बनाएर आएर ढुंगामुढा र कहिले चरित्र हत्या गर्ने जस्ता कार्य गर्ने गरेका छन् । यस्ता कार्य गर्ने र नगरपालिकालाई बदनाम गर्नेलाई नगरवासीहरुले नै कुनै न कुनै प्रकारको परिणाम दिने छन् । आन्दोलन गर्ने तरिका हुन्छ । तर बिना तरिकाको आफनो ब्यक्तिगत स्वार्थ पुरा गराउन । आन्दोलन गर्ने गरेका छन् । सो ब्यक्तिगत स्वार्थ पुरा हुने छैन् । कार्यालयको कुनै प्रकारको समान खरिद गर्दा ऐन नियम हुन्छ तर केही नगरवासीलाई झुटपुसको कुरा गरेर राजनिति गर्ने कस्तो नेता । आन्दोलन गर्नु भन्दा पहिले ज्ञापन पत्र र ज्ञापन पत्रमा मिति र चरण अनुसार आन्दोलनको स्वरुप हुने भएकोले ज्ञापन पत्र बुझाएर शान्तिपुर्ण आन्दोलन गर्न लोकतन्त्रमा सबैको अधिकार छ । सुखीपुर नगरपालिकामा पनि ज्ञापन पत्र बुझाएर हाम्रा कमी कमजोरी रहेको छ भने शान्तिपुर्ण आन्दोलन गर्नेलाई हामी स्वागत गर्नेछौ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६