तथ्यांकमा काेराेना भाइरस - COVID - 19

आज जुड सितल पर्व

  • प्रकाशित मितिः बैशाख 2, 2077
  • मधेश स्पेशल
  • 253 पटक पढिएको

लहान । नयाँ वर्षको आगमनका साथ तराईका जिल्लामा आज  जुड सितल  मनाईरहेका  छन् ।

 

यस वर्षकाे  पहिलो दिन हिजाे सतुवाइन पर्वका रुपमा मनाएकाे छ  । सो पर्वको अवसरमा देवीदेउतालाई सातु प्रसादका रुपमा चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यका साथै आफन्तलाई सातु खुवाउने गरिन्छ । सोही कारणले यस पर्वलाई सातु पर्व भनिएको छ ।

 

तराईका मैथिल समुदाय, थारू, राजवंशी, गनगाईंलगायतका जातिमा यो पर्व बडो उल्लासका साथ मनाउने गरिन्छ । पर्वको अाज दोस्रो दिन  जुड शीतल पर्वका रुपमा मनाइने गरिन्छ । अग्रजले अञ्जुलीमा जल लिई टाउकोमाथि राखेर वर्षभरि मगज ठण्डा रहोस् भन्दै आशीर्वाद दिने गरिन्छ ।

 

यसका साथै रूख, बिरुवामा जल दिने, टोलका इनारको सफाइका साथै नालाको समेत सफाइ गरेर दोस्रो दिनको पर्व मनाउने गरिन्छ । तेस्रो दिनको पर्वमा खासगरी थारू र राजवंशी समुदायले रङ्ग खेल्ने, मासुका साथै विभिन्न परिकारका खाना खाएर पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहामा कोरोनाबाट २ जनाको मृत्यु , कुल संक्रमित २ सय ७० जना

रोयाण्टर मण्डललहान / नेपालमा कोरोना भाइरस संक्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या २ जना पुगेको छ भने देश

सुखीपुर नगरपालिकामा आज बिहान ६ बजेदेखि ’लक डाउन’

रोयाण्टर मण्डल लहान / कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सिरहाको सुखीपुर नगरपालिमा आज बुधवार बिहान

एकै वडाका ८ जनामा कोरोना पोजेटिभ

रोयाण्टर मण्डललहान /  सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६