सुखीपुर नगरपालिकाको तेस्रो स्थापना दिवस सम्पन्न

  • प्रकाशित मितिः चैत्र 29, 2076
  • मधेश स्पेशल
  • 1300 पटक पढिएको

रोयाण्टर मण्डल


लहान / सुखीपुर नगरपालिकाको तेस्रो स्थापना दिवस भव्यताका सम्पन्न भएको छ ।


शनिबार श्री जनता माध्यमिक विद्यालय सुखीपुरको परिसरमा आयोजित विशेष समारोहबीच उक्त नगरपालिकाले तेस्रो स्थापना दिवस मनाएको हो ।


कार्यक्रमको उद्घाटन गर्दै सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले सुखीपुर नगरपालिकालाई तत्कालिन सरकारले गाउँपालिकामा परिवर्तन गरेपछि आन्दोलनको बलले पुन मन्त्री परिषदको निर्णयबाट नगरपालिका स्थापना भयो । आन्दोलनमा आमरण अनसनमा बसेकाहरुको योगदानको कदर गर्दै वहाँलाई धन्यवाद दिनुभयो ।


कार्यक्रममा सुखीपुर नगरपालिकाका वडा अध्यक्ष राजेन्द्र चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो भने शिक्षक देव कुमार यादव र आमरण अनशनकारीहरुले आ–आफनो आन्दोलन र नगरपालिकाको कार्य शैली र विश्व महामारी कोरोना भाइरसको बारेमा मन्तब्य राखनुभएको थियो


कार्यक्रममा आमरण अनसनमा बसेका विपी भुवन यादव, रामकिशुन यादव, राम भरोष साह, हरेराम यादव र विन्देश्वर पजियारलाई दौशला तथा कदर पत्रले सुखीपुर नगरपालिकाका नगर प्रमुख यादवले सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६