४ सय ५० जना विपप्न तथा निसाहय घरपरिवारलाई राहत स्वरुप खाधान्न सामग्री वितरण

  • प्रकाशित मितिः चैत्र 27, 2076
  • मधेश स्पेशल
  • 864 पटक पढिएको

रोहित कुमार मण्डल

सप्तरी (कुशहा ) २७ चैत्र । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले थप बैशाख ३ गते सम्मको लागि गरेको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका सप्तरीको सुरुङ्गा नगर पालिका –५ कुशहा तथा खडक नगर पालिका अमहा तथा विष्णपुरका ४ सय ५० जना विपप्न तथा निसाहय घर परिवारका लागि नेपाल जन उथ्थान प्रज्ञा समाज कुशहा सप्तरीका मोहम्द मसुदको अगुवाई तथा नेपाल जन उथ्थान प्रज्ञा समाज सप्तरीका कार्यकारी निर्देशक मोहम्द कलामुदिनको सभाअध्यक्षतामा राहत स्वरुप खाधान्न सामग्री वितरण गरेका छन् ।

 

लामो समयको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका अति विपप्न तथ निसाहय घरपरिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर बन्दै गइरहेको बेला नेपाल जन उथ्थान प्रज्ञा समाज सप्तरी कुशहाका अध्यक्ष मोहम्द अलाउदिनले राहत सामग्री स्वरुप चामल ५ के.जी., एक केजी नुन, दाल १ एक केजी, खानेतेल ५०० ग्राम,हात धुने साबुन १ थान, मुरही ३ केजी, (भुजा), स्वाबिन ५०० ग्राम लगायतका सामग्री खाधान्न सामग्री वितरण गरेको राहत सामग्री वितरण कार्यमा सहभागी तथा नेपाल जन उथ्थान प्रज्ञा समाज सप्तरीका कुशहाका अध्यक्ष मोहम्द अलाउदिनलाई उदृत गर्दै हाम्रा सहकर्मी रोहित कुमार मण्डलले जनाएका छन् ।

 

आज राहत वितरणकार्य सप्तरीको सुरुङ्गा नगर पालिका– ५ कुशहा रामटोली, बनिगामा पासवान टोल, बनिगामा रामटोल, गहबर टोल कुशहा, कामतटोल कुशहा तथा सुरङ्घा नगर पालिका –७ मुस्लिमटोल पोखरीया तथा खडक नगर पालिकाका अमहा तथा विष्णपुरलाई पहिलो प्राथमिकतामा राखेको राहत वितरणमा सहभागि मोम्द मन्जुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६