विपन्न परिवारलाई राहत वितरण

  • प्रकाशित मितिः चैत्र 22, 2076
  • रोयाण्टर मण्डल
  • 974 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / अमेरिका बस्ने अंगदामु शेर्षाको आर्थिक सहयोग सुखीपुर नगरपालिकाका विद्याथीहरुको सहकार्यमा विपन्न १५ परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर–८ मा ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गर्ने तथा निम्न आय भएकाहरुलाई शनिवार दाल १ किलो, चावल १५ किलो, भुजा चुरा १ किलो, तेल १ लिटर, नुन १ किलो, चाउचाउ २ पेकेट, डिटोल साबुन १ पिस, अधा किलो भुजा, माक्स १ पिसगरी १५ परिवारलाई राहत सामग्री वितरण गरिएको विद्यार्थी नवरतन साहले जानकारी गराउनुभयो ।

उनले भने – नितिश यादव, आशिष साह, विभास यादव र म वितरण कार्यक्रममा सहकार्य गरेका थिए । आर्थिक सहयोग गर्ने अंगदामु शेर्पालाई समेत धन्यावद छ । यस्तै प्रकारको सहयोगगरी दिन हुन सहयोगी मनहरुलाई आग्रह गर्न चाहन्छु ।

त्यसगैरी नगर सुधार समिति अध्यक्ष वि पि भुवन यादव द्वारा संचालित Anti Corona राहत कोषबाट सुखीपुर नगरपालिका वडा नम्बर २ मा १० विपन्न परिवारलाइ चामल, दाल, तेल, नुन र माक्स वितरण गरेको जानकारीमा आएको छ ।

त्यस्तै सुखीपुर नगरपालिकाले पनि राहत वितरण गर्न निसहाय र विपन्नहरुको तथ्यांक संकलन गरी रहेका छन् ।

नगरपालिकाबाट निसहाय र विपन्नहरु परिवारलाई  नगरपालिकाबाट ८ जनाको परिवार रहेकोलाई ३० किलो चामल, ३ किलो दाल , २ किलो नुन , २ किलो निची, २ लिटर तेल र माक्स वितरण गर्नेछन् ।

सुखीपुर नगरपालिका | नगर ...प्रत्येक वडामा वडा कार्यालयको सहकार्यमा वितरण हुने सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६