युवा नेता विजय यादवको नेतृत्वमा जनसेवा

  • प्रकाशित मितिः चैत्र १९, २०७६
  • मधेश स्पेशल
  • 1170 पटक पढिएको

लहान / समाजवादी नेपाल पार्टीका युवा नेता विजय यादवको सक्रियतामा सिरहाका विभिन्न स्थानमा माक्स र तरकारी वितरण अभियान सुरुभएको छ ।
 
सरकारले कोरोनाको संभावित संक्रमण रोक्न लकडाउन घोषणा गरेपछि घरमै क्यारोन्टनमा बसेकाहरुलाई विजय यादव नेतृत्वको युवा समूहले अहिले सिरहामा विभिन्न राहत र स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरुको वितरण अभियान सुरु गरिएको हो ।
 
विजयकै प्रेरणा र सल्लाहमा हालै युवा समाजसेवी श्याम महतो (मोटु) को विशेष पहलमा गोविन्दपुर खपानी टोलका करिब ४५ वर्षीय किसान रामप्रकाश महतोले आफ्नो पाँच कठ बारीमा उब्जाएको ८० हजार रुपैयाँबराबरको भन्टा लहान बजार क्षेत्रका घरहरुमा बाँडिएको छ । इलाका प्रहरी कार्यालय लहानसँग समन्वय गरी दुईजना प्रहरीसमेतको उपस्थितिमा लहानको गुदीगाउँ, नयाँ बजार, पुरानो बजार, लहान मुख्य चोकमा रहेको गुदरी हाटमा निःशुःल्क रूपमा भन्टा बाँडेको विजयले बताए ।
 
 
त्यस्तै आजपनि विजयकै नेतृत्वमा करिव २५० घरपरिवारलाई हरियो तरकारी र माक्स वितरण सुरु गरिएको छ । लक्ष्मिपुर पतारी गाउँपालिका निवासी युवा नेता यादवले आफ्ना गाउँका किसानहरुको सहयोगमा तरकारी वितरण अभियान दैनिकजसो चलाउने योजना सुनाए । स्थानिय निकायका प्रतिनिधीले कोरोनाले त्रास फैल्याईरहँदा पनि खासै चासो नलिनु मधेशको विडम्बना भएको यादवको भनाई छ । यादवको आग्रह छ , आउनुहोस् , यो विपदको बेला सबैले साथ र सहयोग गरौँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६