तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

  • प्रकाशित मितिः माघ 29, 2076
  • मधेश स्पेशल
  • 453 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि २ गते ) सम्म सुखीपुर व्यपार समिति सुखीपुरमा सुरु भएको छ ।

उक्त प्रदर्शनीमा २ जना दक्षिण कोरियाका चित्रकारका र मिथिला चित्रकारले विभिन्न शैलीका चित्र प्रदर्शनमा राखिएका छन् ।

नगर सुधार समिति नगरपालिका सुखीपुर र मिथिला ए आर्ट ग्यालरी काठमाण्डौको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा दक्षिण कोरियाका चित्रकार को एन्जिन, योङ्ग जोङ किम र मिथिला आर्टका चित्रकार श्याम सुन्दर यादव, आराधना चौधरी र राम यादवले परम्परागत चित्र कलाको छोटकरी जानकारी दिँदै प्रदर्शनी गरिरहेको छ ।

यस प्रदर्शनीबाट दुई देशका चित्र र दुई देशबीचको सांस्कृतिक आदान प्रदान बढाउन सक्रिय भूमिका निर्वाह हुने हाम्रो विश्वास छ । कला र संस्कृतिको आदान प्रदानमा विशेष गरी पेन्टिङको आदान प्रदान गर्दा भाषाको समस्या वा बाधा हुँदैन र मेरो विचारमा यस्ता कार्यक्रमहरू हामीले अझ बढी गर्नुपर्छ आयोजक नगर सुधार समिति नगरपालिका सुखीपुरका अध्यक्ष विपि भुवन यादवले बताउनुभयो ।

मिथिलाको आर्टका बारेमा ऋग वेदमा उल्ललेख रहेको पाईन्छ । त्यसैले मिथिलाको आर्ट सबै आर्ट भन्दा पुरानो रहेको चित्रकार तथा मिथिला ए आर्ट ग्यालरी काठमाण्डौका संचालक श्याम सुन्दर यादवले जानकारी गराउनुभयो ।

सोमबार भएको शुभ आरम्भ कार्यक्रमको प्रमुख अतिथिमा सुखीपुर नगरपालिका वडा नम्बर ८ का मुर्तीकलाकार शिवकुमार पण्डित रहेको थियो भने अध्यक्षता विपि भुवन यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

विपन्न परिवारलाई राहत वितरण

रोयाण्टर मण्डललहान / अमेरिका बस्ने अंगदामु शेर्षाको आर्थिक सहयोग सुखीपुर नगरपालिकाका विद्याथीहरुको सहक

लकडाउनका बेला ढल्केवरको क्रसर उद्योगमा चोरी

  ढल्केवर । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला धनुषाको मिथिलानगर

एक दिनमा फ्रान्समा १ हजार ३ सय ५५ जनाको मृत्यु

एजेन्सी फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ ह


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६