तथ्यांकमा काेराेना भाइरस - COVID - 19

झण्डा महोत्सव उद्घाटन गर्न प्रचण्ड आउदै

  • प्रकाशित मितिः माघ 22, 2076
  • मधेश स्पेशल
  • 287 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झण्डा महोत्सवको उद्धघाटन गर्न सिरहा आउने भएका छन् ।


प्रचण्डले माघ २३ गते सिरहाको सखुवानन्कारकट्टीमा झण्डा महोत्सवको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।


कला संस्कृती हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान भन्ने मूल नाराका साथ सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले यही माघ २३ गते देखि फागुन ३ गतेसम्म महेशवारीमा आयोजना गर्न लागेको दोस्रो झण्डा महोत्सवको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा सिरहा आउने भएका हुन् ।


सखुवानन्कारकट्टी गाउँपालिकाको कला, सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउदै विभिन्न जात जाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले गाउँपालिको समुन्नतिमा सङ्गठित रुपले प्रयन्तशील रहने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको मंगलवार  पत्रकार सम्मेलन गर्दै सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदार यादवले बताउनुभयो ।

Image may contain: 1 person, child and outdoor
सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा हुन लागेको दोस्रो झण्डा महोत्सवको नेपाल र भारतका हजारौ दर्शक दिन्हु सहभागीभई अवलोकन गर्ने अपेक्षा गरेको छ ।
महोत्सवको आकर्षणहरुमा, हजारौ राष्ट्रिय झण्डा, कलश यात्रा, व्यपार र व्यवसाय, परम्परागत भेषभुषा तथा संस्कृती झल्किने संस्कृतिक प्रस्तुती, विज्ञान प्रदर्शन, जनचेतनामुलक क्रियाकलाप, विद्यार्थी विच वक्तृत्वकला प्रतियोगिता, स्थानीय स्तरमा उत्पादन हुने वस्तु तथा सेवाको प्रर्दशनी, कृषि प्रर्दशनी, साना तथा घरेलु उत्पादनको प्रर्दशनी, सांस्कृतिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, हस्तकलाको प्रर्दशनी, औद्योगिक वस्तुहरुको प्रर्दशनी, स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती लगायतका रहने छन् ।


करिब १ सय वटा स्टल रहने महोत्सवमा नयाँ आकषर्णको रुपमा रामझुला र गाउँपालिका भित्र उत्पादन भएका नमुना मछा राख्न पोखरी तयारी लगायतको मनोरंजनका रहेको छ । खुल्लामञ्चमा हुने महोत्सव तयारीको काम तिव्र गतिमा अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

विपन्न परिवारलाई राहत वितरण

रोयाण्टर मण्डललहान / अमेरिका बस्ने अंगदामु शेर्षाको आर्थिक सहयोग सुखीपुर नगरपालिकाका विद्याथीहरुको सहक

लकडाउनका बेला ढल्केवरको क्रसर उद्योगमा चोरी

  ढल्केवर । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला धनुषाको मिथिलानगर

एक दिनमा फ्रान्समा १ हजार ३ सय ५५ जनाको मृत्यु

एजेन्सी फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ ह


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६