धोती लगाउन सिकाउने सत्य नरायणको देहान्त

  • प्रकाशित मितिः माघ 2, 2076
  • मधेश स्पेशल
  • 706 पटक पढिएको

रोयाण्टर मण्डल

सिरहा । प्रथम नगरस्तरीय खिचडी महोत्सव २०७६ मा हिजो बुधवार संस्कृती बचाउन युवाहरुलाई धोती लगाउन सिकाउने सत्य नरायण मण्डल धानुकको देहान्त भएको छ ।


नगर सुधार समिति नगरपालिका सुखीपुरको आयोजनामा भएको खिचडी महोत्सवमा युवाहरुको धाती लगाउने तरिका सिकाउदै , सबैलाई संस्कृतीको बारेमा जानकारी गराउदै हिजो धोती लगाउने युवाहरुको आइकनको देहान्तले युवाहरु मात्रै होईन यस समाजको क्षती भएको छ ।

Image may contain: 3 people
रामजानकी मन्दिर सुखीपुरको नव कार्य समितिको सदस्य समेत रहनुभएको मण्डल समाजिक सेवा समेत ठुलो योगदान दिदै आएको थियो । उहाँ जिवनभर कृषि पेसा र कृषि ब्यवसाय गर्दै आउनुभएको वहाँ आफनो पाको उमेरमा ब्यक्तिगत कार्यबाट छुटकारा लिई धर्म र समाजको लागि योग्दान दिदै आउनुभएको थियो ।

हिजो राती एकाशी वहाँको स्वास्थ्य अवस्था विग्रिन थालेपछि उपचारकै क्रममा देहान्त हुनुभयो । सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने वहाँ ७० वर्षको उमेरमा निधन हुनुहुन् भयो । वहाँको पार्थिक शरिर वहाँको निज निवास सुखीपुरमा राखिएको छ र आज गागैन खोलामा सदगद गर्ने परिवारिक स्रोत्रले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६