तथ्यांकमा काेराेना भाइरस - COVID - 19

प्रथम नगरस्तरीय खिचडी महोत्सव सम्पन्न प्रकृती र सस्कृती बचाउन अहम भुमिका खेलने र यस्ता कार्यक्रमले समाज विकास हुने : प्रमुख अतिथी श्रीवास्तव

  • प्रकाशित मितिः माघ 2, 2076
  • मधेश स्पेशल
  • 451 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा । नगर सुधार समिति सुखीपुरको आयोजना गरिएको प्रथम नगरस्तरीय खिचडी महोत्सव २०७६ सम्पन्न भएको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रामजानकी मन्दिरको प्राङ्गनमा आयोजना गरिएको एक दिने महोत्सव धुमधामका साथ सकिएको हो ।

प्रकृती बचाऊ – सस्कृती बचाऊ भन्ने मूलनराका साथ महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

सुखीपुरमा प्रथम खिचडी महोत्सवको उद्घाटन प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी श्रीवास्तवले यो महोत्सवले प्रकृती र सस्कृती बचाउन अहम भुमिका खेलने र यस्ता कार्यक्रमले समाज विकास हुने छ । अहिले आधुनिकताको कारण आफनो भषा , संस्कृती समेत विर्सेर अरुको सस्कृतीमा रमानु भन्दा आफनो संस्कृतीलाई जोगाएर बालबच्चामा संस्कारको रुपमा परिणत गर्नुपर्ने बताए ।

त्यस्तै प्रदेश नम्बर २ का प्रदेश सदस्य नरेश कुमार यादव , सुनिता रामले भेस भुषा लगायतको कुरामा यस महोत्सवमा जोड दिएको छ । यस महोत्सव सबैको महोत्सव हो आयोजकले यस्ता कार्य गरेकोले आयोजकलाई धन्यावाद दिदै अगाडी दिन यस्ता कार्यहरु गरि रहन आग्रह गर्नुभयो दिए ।

Image may contain: 4 people, people sitting, outdoor and food
महोत्सव, मिथिला चित्रकला, थारु झाकी, महिलाहरु आ–आफनो जातिको पोसाक र पुरुषहरु धोती, कुर्ता र माथमा पगरी बाधेर सुखीपुर नगर परिक्रमा गरेको थियो । अहिलेको अवस्थामा विग्रिदै गए रहेको पर्यावरण संरक्षण र आफनो हराउदै गएरको मौलिकता तथा विषादीयुक्त खानाबाट मुक्त गराउने महोत्सवको उदेश्य रहेको आज स्थानीय तथा राष्ट्रिय कलाकारहरु कला प्रदर्शन गराई महोत्सव सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष वीपी भुवन यादवले बताउनुभयो ।

Image may contain: 3 people, including Royantar Mandal, people smiling, people standing and outdoor
कार्यक्रममा आफनो कला प्रदर्शन गर्ने सबै कलाकार तथा सहयोगीलाई कदर पत्रले सम्मान गरेको थियो । कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष वीपी भुवन यादव, स्वागत मनत्वय राम रिझन यादव र कार्यक्रम संचालन कृष्ण मोहन चौधरीले गर्नुभएको थियो ।

Image may contain: 16 people, wedding and outdoor

Image may contain: 5 people, people smiling, people standing, crowd and outdoorImage may contain: 7 people

Image may contain: 13 people, people sitting and indoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

विपन्न परिवारलाई राहत वितरण

रोयाण्टर मण्डललहान / अमेरिका बस्ने अंगदामु शेर्षाको आर्थिक सहयोग सुखीपुर नगरपालिकाका विद्याथीहरुको सहक

लकडाउनका बेला ढल्केवरको क्रसर उद्योगमा चोरी

  ढल्केवर । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला धनुषाको मिथिलानगर

एक दिनमा फ्रान्समा १ हजार ३ सय ५५ जनाको मृत्यु

एजेन्सी फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ ह


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६