तथ्यांकमा काेराेना भाइरस - COVID - 19

लक्ष्मीपुर पतारी गाउँपालिकालल गरे गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण

  • प्रकाशित मितिः पुष 15, 2076
  • मधेश स्पेशल
  • 501 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / चिसोबाट प्रभावित लक्ष्मीपुर पतारी गाउँपालिकालका एक सय भन्दा बढी गरिब तथा विपन्न समुदायका परिवारलाई सोमबार कम्बल वितरण गरिएको छ ।

लक्ष्मीपुर पतारी गाउँपालिकाले वडा नम्बर ३ र ४ को सहकार्यमा गरिब तथा विपन्न समुदायका सयौं गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।


केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा गाउँपालिकाले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।

गरिब तथा विपन्न समुदायका परिवारलाई चरणवद्ध रुपमा न्यानो कपडा उपलब्ध गराइरहेको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्ब साहले बताउनुभयो ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको लक्ष्मीपुर पतारी गाउँपालिकाले वडा नम्बर ३ वडा अध्यक्ष हनुमान मण्डलले बताउनुभयो ।

 

नोट :– मधेश स्पेशल साप्ताहिक पत्रिकाद्वारा संचालित मधेश स्पेशल डटकममा प्रकाशित कुनै पनि सामाग्री मधेश स्पेशल साप्ताहिक पत्रिकाको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ । यस किसिमका कार्य गर्ने उपर मधेश स्पेशल साप्ताहिक पत्रिका नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहामा कोरोनाबाट २ जनाको मृत्यु , कुल संक्रमित २ सय ७० जना

रोयाण्टर मण्डललहान / नेपालमा कोरोना भाइरस संक्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या २ जना पुगेको छ भने देश

सुखीपुर नगरपालिकामा आज बिहान ६ बजेदेखि ’लक डाउन’

रोयाण्टर मण्डल लहान / कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सिरहाको सुखीपुर नगरपालिमा आज बुधवार बिहान

एकै वडाका ८ जनामा कोरोना पोजेटिभ

रोयाण्टर मण्डललहान /  सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६