तथ्यांकमा काेराेना भाइरस - COVID - 19

मधेशवादी दल सत्ताको स्वाद चाख्नु बाहेक अरु कुनै काम नगरेको सिके राउतको आरोप नेपाली कांग्रेस ७० वर्ष, नेकपा २५ वर्ष , उपेन्द्र यादव नेतृत्वको समाजवादी र राष्ट्रिय जनता पार्टी १५ वर्ष देखि मधेश र मधेशीलाई ठगी

  • प्रकाशित मितिः पुष 15, 2076
  • मधेश स्पेशल
  • 2099 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / जनमत पार्टीका अध्यक्ष डाक्टर सि के राउतले पिछलगु मधेशवादी दलले मधेशको अधिकारको नाममा आन्दोलन गरेर मधेसी जनतालाई राज्यबाट गोली मार्न लगाई सत्ताको स्वाद चाख्नु बाहेक अरु कुनै काम नगरेको अरोप लगाउनुभयो ।


सुखीपुर नगर समितिद्वारा सुखीपुरको रामजानकी मन्दिरको चौरमा आयोजित सभालाई सम्बोधन गर्दै राजपाका राजेन्द्र महतो मधेशमा नका बन्दी गरेर जनता मार्न लगाउने , काठमाण्डौमा पुगी सम्धी , उपेन्द्र यादव मन्त्री भएको बेला उहाँसंग स्वराजी स्वर्गीय राम मनोहर यादवले मधेशको मुदाको बारेमा प्रश्न शोध्न जादाँ प्रहरी लगाई थुनुवामा राखेर मार्न लगाउने यी मधेशवादी गजदार नेताहरु मधेशीलाई आन्दोलनमा ल्याएर सत्ता पुगने गरेको डा राउतले भन्नुभयो ।

Image may contain: one or more people, crowd and stadium
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब गौर हत्या कान्डमा जेल जाने संभावना रहेको छ । जसलाइ आफै जेल जानबाट बाच्न धौधौ छ उसले मधेशी जनताको सुरक्षा दिलाउन कसरी सक्छ । राजपा, नेकपा र एमालेका क्यौ नेता अहिले पनि जेलमा रहेको त्यसैले कसैले सुरक्षा दिन्छ सोच्नु भर्म हो । जनमत पार्टी मात्रै एउटा यस्तो पार्टी हो जसको एउटा पनि कार्यकर्ता जेल छैन् । नराम्रो कार्य गर्ने पार्टी नरहेकोले यस पार्टीका कार्यकता कहिले जेल नजाने उहाँले भन्नुभयो ।

Image may contain: 10 people, people standing
उहाँले नेपाली कांग्रेस ७० वर्ष, नेकपा २५ वर्ष , उपेन्द्र यादव नेतृत्वको समाजवादी र राष्ट्रिय जनता पार्टी १५ वर्ष देखि मधेश र मधेशीलाई ठगी रहेको आरोप लगाउनुभयो ।


मधेसी जनतालाई नेकपा र कांग्रेसले मात्रै होईन हाम्रै मधेशीको खोल ओधेका मधेशवादीहरु सधै मधेशीलाई शोषण गर्दै आएका छन् । मधेशको हुलाकी राजमार्ग निर्माणको शुरुवात क्यौ दशक भयो तर हाल सम्म बन्न सकेको छैन् । हुलाकी राजमार्ग अधुरो छन् । पहाडमा क्यौ राजमार्ग बनी सके तर हुलाकी राजमार्ग बनाउन नचाहेको ठोकुवा गर्नुभो ।

राजपा र समाजवादीको राजनिति परिवारवाद, नातावाद, कृपावाद र जातीबाद सम्म सिमित रहेकोले जनमत पार्टीको आउन जनतालाई अपिल गर्नुभोे ।

Image may contain: 7 people, people standing
उहाँले देशमा अहिले तीन वटा सरकार छन् । तीनै सरकार भष्टाचारमा लिप्त छन् । यस्ता पार्टीहरुका नेताहरु सबै भष्टाचारी गर्न पार्टीमा लागेका छन् । यो यस्तो देश हो जहाँ जन्म दर्ता बनाउन पैसा लागछ तर विदेश निःशुल्क पठाउँछन् । किनभने विदेश गएपछि त्यहाँबाट आर्जन गरेको पैसा विभिन्न समानको खरिदमा करको माध्यबाट पैसा असुली गर्ने मनसाय रहेकोले । राणा शासनमा पनि यस्तो थिएन् । मधेशमा कर उठाउनका लागि चन्द्र नहर बनाई दियो किनकी उब्जा भएपछि कर लिन्छौ भनेर तर अहिलेको सरकारले त्यस नहरलाई पनि मर्मत समेत गरि रहेको छैन् । मधेश यस्तो ठाउँ हो । जहाँ अन्नका केही अन्न दाना फ्याकियो बने आफै उब्जा हुने ठाउँका युवाहरु खाडी मुलकका काम गर्न जाने बाध्य हुने गरेका छन् । नेपाल सरकारले कृषि क्षेत्रमा लगानी गर्दैन् किसानले उब्जाएको अन्न मोलमा समेत कम दर रेट राखेकाले खेती घण्टाको ब्यपार भएको भन्दै दुख ब्यक्त गर्नुभयो ।


हजारौं जनताको उपस्थितमा गर्जिएको राउतले मधेश र मधेसीको सपनालाई चकनाचुर गर्दै आएको बिगतका म्याद गुज्रेृको औषधी जस्तै पुरानो गाडीलाई छोडेर जनमत पार्टीमा जुड्न आग्रह गर्नुभयो ।

Image may contain: 3 people, people standing
कार्यक्रममा प्रशिक्षण विभागका केन्द्रिय अध्यक्ष संजय यादव, नेतृ विमला देवी राम, केन्द्रिय सदस्य चन्दन सिंह, गैर अप्रवासी मधेशी संघ अमेरिकाका upaध्यक्ष ईन्द्रजीत यादव लगायतका आफनो मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य प्रेम शंकर महतो र कार्यक्रमको अध्यक्षता जनमत पार्टीका सुखीपुर नगर अध्यक्ष संतोष यादवले गर्नुभएको थियो ।

नोट :– मधेश स्पेशल साप्ताहिक पत्रिकाद्वारा संचालित मधेश स्पेशल डटकममा प्रकाशित कुनै पनि सामाग्री मधेश स्पेशल साप्ताहिक पत्रिकाको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ । यस किसिमका कार्य गर्ने उपर मधेश स्पेशल साप्ताहिक पत्रिका नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहामा कोरोनाबाट २ जनाको मृत्यु , कुल संक्रमित २ सय ७० जना

रोयाण्टर मण्डललहान / नेपालमा कोरोना भाइरस संक्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या २ जना पुगेको छ भने देश

सुखीपुर नगरपालिकामा आज बिहान ६ बजेदेखि ’लक डाउन’

रोयाण्टर मण्डल लहान / कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सिरहाको सुखीपुर नगरपालिमा आज बुधवार बिहान

एकै वडाका ८ जनामा कोरोना पोजेटिभ

रोयाण्टर मण्डललहान /  सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६