तथ्यांकमा काेराेना भाइरस - COVID - 19

समाजवादी पार्टीमा विवाद छताछुल्ल दुई ठाउँमा समायोजन कार्यक्रम, दुई जना नगर अध्यक्ष चयन

  • प्रकाशित मितिः पुष 8, 2076
  • मधेश स्पेशल
  • 744 पटक पढिएको

मधेश स्पेशल समाचारदाता
सिरहा / समाजवाद पार्टी नेपाल सुखीपुरभित्रको विवाद छाताछुल्ल भएको छ ।


संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति बिच नगर समायोजन कार्यक्रम दुई बेग्लाबेग्लै स्थानमा भएपछि विवाद सतहमा आएको हो । दुई स्थानमा भएको भेलाबाट दुईजना नगर अध्यक्षसमेत चयन भएका छन् ।


संघीय समाजवादी फोरम नेपाल सुखीपुर नगरपालिकाका नगर अध्यक्ष जगदिश महतो अध्यक्षतामा सुखीपुर ब्यपार समितिको हलमा भएको कार्यक्रमबाट समाजवादी पार्टीको जगदिश महतोलाई पुन नगर अध्यक्ष बनाइएको छ ।


त्यस्तै, रामजानकी मन्दिर सुखीपुरको खुल्ला मैदानमा पूर्व नगर अध्यक्ष हरेराम यादवकोे सक्रियतामा भएको समायोजन सभाले जगदिश यादवलाई नगर अध्यक्ष चयन गरेको छ ।


दुईटै पक्षले आ–आफ्नो पक्षका कार्यकर्ता बोलाएर नगर समिति चयन गरेका थिए । केन्द्रबाट समायोजन गराउन आएका पर्यवेक्षक जगदिश महतोको मात्र कुरा सुनेर समायोजन प्रक्रिया अगाडि बढाएको छ । तत्काल समायोजन कार्यक्रम रोकौ पहिले वक्ता गरौ भने तर पनि वहाँहरु नमानेका कारण आफूहरूले पनि छुट्टै सभा बोलाएर जगदिश यादवको नेतृत्वमा नगर समिति निर्माण गरेको समाजवादी पार्टी नेता हरेराम यादवले पत्रकार सम्मेलन मार्फत बताए ।


व्यपार संघमा भएको कार्यक्रममा पार्टीका प्रदेश संयोजक तथा अर्थ मन्त्री बिजय कुमार यादवको प्रमुख अतिथित्यमा भएको सिम्पन्न भएको थियो थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन

ओम प्रकाश गुप्तासुखीपुर (सिरहा) / नगर युवा संजाल सुखीपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार के

सुखीपुर नपा वडा नम्बर ८ मा दाेस्राे चरणकाे राहत वितरण

राेयाण्टर मण्डल लहान /  प्रदेश २ को सरकारले दोस्रो चरणको राहत वडा कार्यालय मार्फत वितरण गरिरहेको छ ।  

सुखीपुर नगरपालिकाकोे बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण

रोयाण्टर मण्डललहान / सुखीपुर नगरपालिकाको चौथो नगरसभाबाट पारित आर्थिक वर्ष २०७७/ ७८ को बजेट नीति तथा कार्य

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६